के कारण बच्चा गर्भमै तेस्रोलिङ्गी बन्छ ?

डिसी नेपाल
२१ मंसिर २०७८ १४:१२

यो संसारमा मनिसहरुलाई दुई भागमा विभाजन गरेको पाइन्छ । एउटा महिला र अर्को पुरुष । केही यस्ता मान्छे पनि हुन्छन् जो महिला र पुरुषभन्दा केही फरक हुने गर्दछन् । जसलाई तेस्रोलिङ्गी भनिन्छ । उनीहरुलाई महिला र पुरुषको वर्गमा समेट्न सकिदैँन । तेस्रोलिङ्गी मानिसहरुमा महिला र पुरुष दुवैको गुण समावेश हुने गर्दछ । यस्ता मानिसहरुमा बाहिरबाट पुरुषको रुप देखिए पनि भित्रबाट भने उनीहरुमा महिलाको गुण हुने गर्दछ । यस्तै केहीँ तेस्रोलिङ्गीहरु भने बाहिर महिला भए पनि भित्री रुप भने पुरुषको हुने गर्दछ ।

हाम्रो समाजमा तेस्रोलिङ्गीलाई हेर्ने नजर साँघुरो छ । तेस्रोलिङ्गीहरु समाजमा खुलेर बाहिर आउन अझै हिचकिचाउँछन् । उनीहरुलाई समाजले हेर्ने नजरका कारण उनीहरु आफ्नो बारेमा खुलेर आफ्ना परिवार, साथीभाई, आफन्त सामु पनि  भन्न सकिरहेका हुँदैनन् । आजकाल भने केही शहरी क्षेत्रमा केही मात्रामा तेस्रोलिङ्गीहरु खुल्ने गरेका छन् ।

तेस्रोलिङ्गीका बारेमा मानिसहरूको मनमा विभिन्न किसिमका प्रश्नहरू आउने गर्दछन् । किन तेस्रोलिङ्गी भए ? के कारणले गर्दा तेस्रोलिङ्गी बच्चाको जन्म भयो ? कतिपय समाजमा त तेस्रोलिङ्गीको जन्मलाई अभिशाप या भनै पुर्खाको श्राप लागेको पनि भन्ने गरेको पाइन्छ । नेपाल तथा छिमेकी मुलुक भारतमा यदि तेस्रोलिङ्गी बच्चाको जन्म भए तेस्रोलिङ्गी समुदायलाई दिने गरेकाे  हामीले सुनेका वा देखेका छौं ।

गर्भाधारणको पहिलो तीन महिनाको अवधिमा शिशुको लिंग बन्ने गर्छ । यस्तो अवस्थामा कुनै किसिमको चोटपटक, खाना वा हर्मोनको समस्याले गर्दा बच्चामा पुरुष वा महिलाको सट्टा दुवै लिङ्गका अंग र गुण आउने गर्दछ । गर्भावस्थाको पहिलो ३ महिनामा गर्भवती महिलालाई ज्वरो आए वा भूलवश कुनै पनि भारी मात्राको औषधि खाएमा पनि शिशु महिला या पुरुष बन्ने भन्दा पनि दुवैको गुण वा आर्गन्सको विकास हुने गर्दछ । गर्भवती महिलाले गर्भाधारणको पहिलो ३ महिना विशेष ध्यान दिन जरुरी हुन्छ ।

के कारण तेस्रोलिङ्गी बच्चाको जन्म हुन्छ त ?

–गर्भाधारणको पहिलो ३ महिनामा यदि गर्भवती महिलालाई रुघाखोकी ज्वरो आइरहेको छ र यदि उसले कुनै हेभिडोजको औषधी सेवन गरेमा ।

–गर्भाधारणको पहिलो ३ महिनामा कुनै प्रकारको दुर्घटना वा रोगी भएमा

–शिशुको आर्गन्सलाई नोक्सान भएमा ।

–जेनेटिक डिसअर्डरले शिशुको लिंग निर्धारणमा असर गरेमा ।

–डाक्टरको सल्लाह नगरी गर्भपतनको औषधिको रुपमा घरेलु औषधि प्रयोग गरेमा ।

गर्भवती महिलाले ध्यान दिनपर्ने कुराहरु

–डाक्टरको सल्लाह बिना कुनै पनि प्रकारको औषधि नखाने । ज्वरो र रुघाखोकीको पनि औषधी खानु हुँदैन ।

– गर्भवति भएपछि हेल्दी डाइटअनुसारको खानेकुरा खाने ।

– बाहिरको खाना सकेसम्म नखाने ।

–गर्भवती हुन चाहने महिलामा थाइराइड प्रब्लम, डायबिटीज, मिर्गी जस्ता राेग भएमा डाक्टरको सल्लाह अनुसार प्रेग्नेंसी प्लान गर्ने ।

–गर्भवती भएकोको पहिलो ३ महिनामा ज्वरो रुघाखोकी भएमा डाक्टरसँग सल्लाह लिने ।

– गर्भवति भएको समयमा कुनै पनि प्रकारको नशालु चिजको सेवन नगर्ने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *