वकिलहरुलाई ओलीले भने, ‘ म प्रधानमन्त्री हुँदा प्रतिवादी भएर ५६ हजार सिग्नेचर गरे ’ – Dcnepal

वकिलहरुलाई ओलीले भने, ‘ म प्रधानमन्त्री हुँदा प्रतिवादी भएर ५६ हजार सिग्नेचर गरे ’

काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा अदालतमा मुद्दा हालेर काम गर्न नदिएको गुनासो गरेका छन् ।आफ्नै निवास बालकोटमा कानुन व्यवसायीसँगको छलफलमा अध्यक्ष ओलीले अदालतमा मुद्दा परिरहँदा आफ्नो कार्यकाल ५६ हजार हस्ताक्षर गरेको सुनाए ।हरेक माइन्युट अदालत लिएर जान पर्ने, मुद्दा कस्तो भयो भने म प्रधानमन्त्री हुँदा ५६ हजार सिग्नेचर गरे । फिरादपत्र, प्रतिवादी, लिखित जवाफ दिँदाखेरी अदालतलाई ५६ हजार सिग्नेचर गरे ।

एउटा प्रधानमन्त्रीले ५६ हजार सिग्नेचर गर्नुपर्छ त्यो देशको समयको बर्बादी होइन रु एउटा कसैलाई लाग्छ, उसले प्रधानमन्त्रीलाई पनि विपक्षी बनाएर मुद्दा हालिदिने रुु उनले कानुन व्यवसायीलाई प्रश्न गरे ।सुर्खेतमा खरदारले बदमासी गर्दा नेपाल सरकारविरुद्ध मुद्दा पर्ने यसमा पनि प्रधानमन्त्री पनि पर्छ भनेर सिग्नेचर गर्नुपर्ने अवस्था रहेको भन्दै ओलीले कानुनी प्रक्रियागत कुरा पनि सच्याउनुपर्ने बताए । अदालत कसैप्रति जवाफदेही हुननपर्ने भन्दै उनले प्रश्न गरे ।

ुन मैले कुनै लेनदेन गरेको छु न कसैलाई बनाएको छु । मैले पनि सक्थे होला नि । कानुनले बनाउन पाउने मात्रै बनाएको कुरालाई पनि लगेर अदालतले रोकिदिने रुु उनले आक्रोश पोखे ।उनले न्यायलय सुधारको कुरामा एमाले प्रतिबद्ध रहेको तर सबैले कमजोरीहरु सुधार्दै लानुपर्नेमा जोड दिए । उनले प्रधानन्यायाधीशलाई महाभियोग लगाउन अरु दल तयार भए एमाले बाधक नबन्ने स्पष्ट पारे ।

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो