दुबइमा काम गर्दा बुढी औंला टुक्रियो, अलग्गै औंला बोकेर जोड्नका लागि स्वदेश आए सन्दिप

डिसी नेपाल
२१ मंसिर २०७८ १६:५०

काठमाडौं। दुबइमा मजदुरी गर्न गएका एक कार्पेन्टरको त्यहाँ काम गर्ने क्रममा बायाँ हातको बुढी औंला मेसिनले काटिदियो । उनको त्यो औंला जोड्नका लागि दुबइका डाक्टरहरुले २४ लाख भारतीय रुपैयाँ लाग्ने बताए । मजदुरी गर्ने उनीसँग त्यति धेरै पैसा थिएन । त्यसपछि उनी काटिएको औंला बोकेर जहाज चढेर दिल्ली आए । दिल्लीका डाक्टरहरुको टिमले उनको औंला ३ लाख ६५ हजार खर्चमा जोडिदिएका छन् ।

राजस्थानका सन्दिप सिंह नामका यी मजदूर घटना भएको २२ घण्टापछि दिल्ली आइपुगेका थिए । यस क्रममा उनको शरीरबाट ३०० मिलिलिटर रगत बगिसकेको थियो । दुबइमा डाक्टरहरुले औंला जोड्न सर्जरी गर्नुपर्ने र यसको लागि २४ लाख खर्च लाग्ने बताएपछि आत्तिएका सन्दिपले तत्कालै आफ्ना परिवारसँग सम्पर्क गरेका थिए । त्यसपछि उनले आफ्नो देशमै उपचार गराउने निर्णय गरे ।

सन्दिपका परिवारले दिल्लीको आकाश हस्पिटलमा उपचारको लागि सल्लाह लिए त्यसपछि आकाश हस्पिटलका डाक्टरको टिमले सन्दिपलाई भारत आउन भने । त्यसपछि सन्दिप काटिएको औंला बोकेर दिल्लीका लागि उडे । सन्दिप दिल्लीमा अस्पतालमा पुग्दा ६ जना डाक्टरको टिम सर्जरीको पूरै तयारी गरेर उनलाई पर्खेर बसेको थियो ।

दुबइबाट दिल्ली पुग्दासम्म सन्दिपको धेरै रगत बगिसकेको थियो । धेरै रगत बगेपछि हल्यक्रिया गर्नु निकै कठिन हुन्छ तर डाक्टरहरुले निकै सतर्कताका साथ सर्जरी सफलतापूर्वक पूरा गरे । सन्दिपको काटिएको औंला जोड्न डाक्टरहरुलाई ६ घण्टासम्म सर्जरी गर्नुपर्यो । यस किसिमको सर्जरी निकै नाजुक हुन्छ । डाक्टरहरुले पूरै प्रक्रिया माइक्रोस्कोपिक विधिबाट पूरा गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *