सिमकोटमा स्यानेटरी प्याड बैंक स्थापना

डिसी नेपाल
२४ मंसिर २०७८ ९:४५

काठमाडौं। हुम्लामा स्यानेटरी प्याड बैंक स्थापना भएको छ । हिमाली शिक्षा र विकास हेड नेपालको सहजीकरणमा स्वास्थ्य सफा, स्यानेटरी प्याडको आवश्यकता सहुलियत दरमा पूरा गर्ने हाम्रो प्रतिवद्धता भन्ने संस्थागत नारासहित सिमकोटमा प्याड बैंक स्थापना गरिएको हो ।

सडक सञ्जालसँग नजोडिएको हुम्लामा काठमाडौंदेखि नेपालगञ्जसम्म यती एयरलाइन्स र नेपालगञ्जदेखि सिमकोटसम्म तारा एयरलाइन्सले फ्रिमा प्याड ढुवानी गर्ने भएका कारण सहुलियतमा स्यानेटरी प्याड बिक्री गरिने भएको हो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *