कोरोनाविरुद्धको भ्याक्सिन बेच्ने दुई स्वास्थ्यकर्मी पक्राउ

डिसी नेपाल
२७ मंसिर २०७८ १८:२५

काठमाडौं । कोरोनाविरुद्धको भ्याक्सिन विक्री गर्ने दुई जना स्वास्थ्यकर्मीलाई अख्तियारको टोलीले पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटेको टोलीले कोरोनाविरुद्धको भ्याक्सिन बेचिरहेका दुई जना स्वास्थ्यकर्मीलाई जनकपुरधामस्थित बस पार्कबाट पक्राउ गरेको हो ।

महोत्तरी जिल्ला महोत्तरी गाउँपालिकाको एक स्वास्थ्य चौकीमा कार्यरत पाँचौं हतका हेल्थ एसिस्टेन्ट अजय कुमार साह र उनका सहयोगी कृष्ण कुमार यादवालाई अख्तियारले रंगेहात पक्राउ गरेको हो । उनीहरूबाट ३ थान भ्याक्सिनसमेत बरामद गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले जनाएको छ ।

नेपाल सरकारले १८ वर्षभन्दा माथिका सबै नागरिकलाई निःशुल्क दिँदै आएको उक्त भ्याक्सिन उनीहरूले ५ हजारदेखि १५ हजारसम्ममा बच्दै आएको सूचनाको आधारमा अख्तियारले उनीहरूलाई पक्राउ गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *