७ हजार किलोमिटर टाढा जेलभित्र थुनिएका र कहिल्यै भेट नभएका कैदीसँग माया बसेपछि…

डिसी नेपाल
२८ मंसिर २०७८ १०:४६

काठमाडौं। बेलायतकी एक महिला हजारौं किलोमिटरको यात्रा तय गरेर अमेरिका पुगिन् । महिला आफ्ना प्रेमीलाई भेट्न गएकी थिइन् । उनका प्रेमी कैदी हुन् र उनीहरुबीच पत्रमार्फत प्रेम भएको थियो । द सनको रिपोर्टअनुसार बेलायतकी केटी नामकी महिलाले राइट अ प्रिजनर डटकम नामको वेबसाइटमा डेनी नामका एक कैदीलाई पत्र लेख्न थालेकी थिइन् । तर, त्यतिबेला उनलाई थाहा थिएन कि उनको यी कैदीसँग माया बस्नेछ ।

केटीका अनुसार पत्र लेख्दालेख्दै उनीहरु एक अर्काको नजिक आए । केटीका अनुसार डेनीमाथि हतियारको साथमा चोरी गरेको, गैरकानुनी तरिकाले हतियार राखेको आरोप छ । उनलाई ८ वर्षको जेल सजाय सुनाइएको थियो । डेनीले आफ्नो सजायको ५ वर्ष बिताइसकेका छन् । केटीले भनिन् ‘मलाई डेनीसँग यति प्रेम भयो कि मैले उनीसँग भेट्ने निर्णय गरें । केटीले आफ्नो बेलायतदेखि अमेरिका यात्राको अनुभव टिकटकमा शेयर गरेकी छिन् ।

केटीका अनुसार डेनीसँग भेट्ने कुराले उनी उत्साहित त थिइन् तर केही डराएकी पनि थिइन् । तर, जब उनले डेनीलाई अगाडि देखिन् त्यसपछि उनी धेरै खुसी भइन् । उनीहरुलाई कुरा गर्नको लागि ४ घण्टाको समय दिइएको थियो । यो समयमा उनीहरुले धेरै कुरा गरे । केटीका अनुसार डेनी सजाय पूरा गरेर बाहिर आएपछि उनीहरुले बिहे गर्नेछन् । डेनीले पनि आफू केटीसँग भेटेर धेरै खुसी भएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *