गरिमा विकास बैंकको नयाँ शाखा बर्दियाको भुरिगाउँमा

डिसी नेपाल
२९ मंसिर २०७८ १४:५२

काठमाडौं। गरिमा विकास बैंकको नयाँ शाखा विस्तार गरेको छ । बैंकले लुम्बिनी प्रदेशको बर्दिया जिल्लामा भुरिगाउँ शाखा संचालनमा ल्याएको हो ।

भुरीगाउँबाट अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराइने बैंकले जनाएको छ । शाखा विस्तारपछि भुरीगाउँ आसपासनका नागरिकलाई बैंकिङ कारोबार सहज हुने विश्वास बैंकको छ ।  नेपालभर बैंकिङ सेवा उपलब्ध गराउन बैंकले शाखा विस्तारलाई प्राथमिकतामा दिँदै आएको छ ।

यस सँगै नेपालभर बैंकको शाखा कार्यालय ११६ पुगेको छ ।  यस्तै, बैंकको १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरिय सेवा दिँदै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *