कांग्रेस खुला केन्द्रीय सदस्यमा शशांक कोइरालाको अग्रता

डिसी नेपाल
३ पुष २०७८ १५:४९
1.2k
Shares

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यको सुरुवाती मतगणनामा निवर्तमान महामन्त्री डा.शशांक कोइरालाले अग्रता लिएका छन्। शनिवार बिहानबाट सुरु भएको मतगणनामा १६५ मत गन्दा कोइरालाले ५९ मत प्राप्त गरेका छन्।

सभापतिका दुवै उम्मेदवार शेरबहादुर देउवा र डा.शेखर कोइरालाको समूहमा परेका कोइरालाले सुरुवात देखिनै अग्रता लिइराखेका छन्। मतगणना पार्टी केन्द्रीय कार्यलय सानेपामा भइराखेको छ। ३५ खुला केन्द्रीय सदस्यका लागि ९९ जनाको उम्मेदवारी रहेको छ।

त्यस्तै दोस्रो स्थानमा अर्जुन नरसिंह केसी रहेका छन्। उनले ४८ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा क्रमश बालकृष्ण खाँण, रामशरण महत, शंकर भण्डारी र एनपी साउदले समान ४६ मत प्राप्त गरेका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *