‘विग’ नाम दिएर यसरी भयो डा. महतमाथि अन्तर्घात, अन्तर्घाती खोज्दै देउवा

मदन कोइराला
३ पुष २०७८ २१:२९

काठमाडौैं। यसै हप्ता सम्पन्न नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको पदाधिकारीहरुको परिणाम आइसक्यो, सदस्यको मतगणना जारी छ। यतिखेर भने महाधिवेशनले दिएको परिणामको समीक्षा जारी छ।

विशेषगरी यो महाधिवेशनले नयाँ पुस्ताका दुई नेता गगन थापा र विश्वप्रकाश शर्माको परिणामको विश्लेषण विभिन्न कोणबाट भइरहेको छ। कतिले अहिले सर्बाधिक मत ल्याएको महत्वाकांक्षाले अन्ततः आगामी अर्थात् १५औं महाधिवेशनमा गगनलाई पार्टी सभपति उठाउँछ भन्छन् भने केहीले उनले विश्वप्रकाशलाई सघाउने बताउँछन्।

जेहोस, बुढाको भनिएको नेपाली काँग्रेस पार्टीमा यी दुई र धनराज गुरुङ, बद्रि पाण्डेको प्रवेशले नयाँ तरंग ल्याइदिएको छ। पार्टीभित्र भन्दा पनि बाहिर यस्तो तरंग पैदा भएको देखिन्छ। सायद यसैले हुनसक्छ शेखर कोइरालाले पनि अब दोहोर्याएर आफू पार्टी सभापति नउठ्ने पनि भनिसकेका छन्। उनले टेलिभिजनहरुमा दिने अन्तर्वार्तामा यो अभिव्यक्ति सर्वाधिक आएको छ।

कोइराल क्याम्पभित्र यस विषयले चर्चा पाइरहेको भए पनि यता शेरबहादुर देउवा क्याम्पमा भने अन्तर्घातको खोजी सुरु भएको छ। देउवा क्याम्पभित्रका हरेक बसाई र कुराकानीमा उठ्ने गरेको यो अन्तर्घातको विषय भने डा. प्रकशशरण महतका बारेमा छ। महतका समर्थक मात्र होइन देउवा स्वयंले पनि यो नसोचेको परिणाम कसरी आयो र यसमा कसको हात बढी छ भनेर खोजिरहेको सुनिएको छ।

चार वर्षअघि डा महत काठमडौँबाट संसदीय निर्वाचनमा उठे तर निर्वाचन हारे। त्यसो त उनी पहिलोपटक काठमाडौंबाट उठेका थिए, नरहरि आचार्यको क्षेत्रबाट। आचार्यले पनि महतलाई कुनै सहयोग गरेनन्। त्यसो त त्यतिबेला एमाले र माओवादी एक भएर चुनावमा गएको थियो र उता हेभिवेट थिए नेकपाका इश्वर पोखरेल। देशैभरि नेकपाले जितेका बेला यहाँ काठमाडौँको कुरै भएन।

त्यसपछि डा महत देश दौडाहामा लागेका थिए। पार्टीमा सहमहामन्त्री रहेका डा. महतलाई देउवाले नै अब महामन्त्रीको तयारी गर्नु भन्ने संकेत गरे। त्यही आसमा उनी यसरी लागे कि देशका लगभग ७७ जिल्ला नै उनी पुगे।

पार्टीका हरेक कार्यक्रममा, आमन्त्रण गरेका ठाउँमा उनी पुगे र त्यस बेलाको सरकारका ज्यादतिहरु र केपी ओली सरकारका भ्रष्टाचार तथा अन्य ज्यादतिहरुका विरुद्ध उनले डटेर आफ्ना कुरा राखे। तर उनको यो सक्रियता काठमाडौँमै बसेर कोठे राजनीति गर्ने पूर्णबहादुर खड्का लगायतका मार्कालाई मन परेको थिएन।

यी सबै जना महाधिवेशनमा डा. महत विरुद्ध लागेको देउवा क्याम्पकै नेताहरु बताउँछन्। डा. महतका विरुद्धमा पूर्व एक नम्बरका विश्वप्रकाशदेखि सुदूरपश्चिमका साउद र रमेश लेखक अनि कर्णालीका पूर्णबहादुरसम्म लागेका प्रमाणहरु यता डा. महत निकटस्थहरु बताउँछन्। यसका लागि गगन र विश्वप्रकाशको गठबन्धन नै बनेको थियो। आफ्ना समर्थकहरुलाई उनीहरुले दुई जनालाई भोट हाल्ने संकेत भाषा ‘विग’ बनाएका थिए। यसको अर्थ थियो विश्वप्रकाश र गगन। 

त्यसपछि देशमा कोरोना महामारी फैलिएका बेला प्रमुख प्रतिपक्षी दलले एउटा वाचडगको भूमिका निर्वाह गर्नुपर्ने महसुश भयो। देशमा महामारीका बेलामा पनि औषधि, स्वास्थ्य सामग्रीका साथै अन्य कार्यमा भएका भ्रष्टाचारका फेहरिस्त मिडियामा छताछुल्ल आयो। त्यसपछि पार्टीले डा. महतकै संयोजकत्वमा एक कोरोना विशेष समिति बनायो र ती ज्यादतिहरुको अध्ययन र अनुसन्धान थाल्यो।

यस समितिले देशका विभिन्न क्षेत्र, बर्ग र पेशाका मानिसहरुसँग देशव्यापी रुपमा अन्तरक्रिया गर्‍याे। त्यस्तो महामारीका समयमा पनि डा. महतसहित समितिका सदस्यहरु देशका विभिन्न जिल्लामा पुग्यो र सबैका आवाज काठमाडौँसम्म ल्याएर पार्टी र सरकारलाई बुझायो पनि।

एक किसिमले भन्ने हो भने संसदमा त्यस समयमा पार्टीको उपस्थिति निकै कमजोर थियो। संसद बैठक चल्थ्यो, काँग्रेसका सांसदहरु त बोल्थे तर ओली राजको डटेर सामना गर्न सक्दैनथे। प्रमुख प्रतिपक्षी दलका नेता देउवाकै सरकारविरुद्धको प्रतिकार त्यति प्रभावकारी नहुने गरेको सबैमा जगजाहेर नै छ। यस्तो बेलामा सांसद नै नरहेका नेता डा. महतले सडकबाटै उत्पन्न गरेको तरंगले संसदका प्रमुख सचेतक बालकृष्ण खाँण लगायतलाई पिरोलेकै थियो।

त्यसपछि गएको असारमा सर्वाेच्च अदालतको परमादेशबाट देउवा प्रधानन्त्री भए। तर पनि पार्टीमा १३ औँ महाधिवेशनपछि नै स्थायी प्रतिपक्षका रुपमा देखिएका रामचन्द्र पौडेलले त देउवालदाई विरोध गर्थे नै, पूर्णबहादुर र विश्वप्रकाशहरु प्नि फेसबुकबाटै देउवाको विरोध गर्थे। जस्तो कि सत्तारुढ दलकै पार्टी प्रवक्ता रहेका विश्वप्रकाशले गरेको ट्वीटबाटै यो प्रकरणले उग्र रुप लियो र देउवा सरकारको व्यापक मात्रामा आलोचना पनि भयो।

उनले आफ्नो ट्वीटबाटै महाकालीमा के भएको हो सरकारले अबिलम्ब त्यसबारेको जानकारी देओस् भनेर ट्वीट गरेका थिए। पार्टीभित्रबाट त्यसको आलोचना पनि भयो किनभने सत्तारुढ दलकै कतिपय नेताहरुले आफ्नै पार्टीका प्रधानमन्त्रीसँग किन पार्टी प्रवक्ताले ट्वीटरबाट जानकारी माग्नुपरेको हो भनेर प्रश्न पनि गरेका थिए।

यस विषयमा पनि डा. महतले नेपाल भारत सम्बन्ध जस्तो संवेदनशिल विषयमा यसरी पार्टी प्रवक्ताले सार्वजनिक अभिव्यक्ति दिनु र आफ्नै पार्टीका प्रधानमन्त्रीसँग सार्वजनिक रुपमा जानकारी माग्नु राम्रो नभएको बताएका थिए। त्यो कुरा पनि विश्वप्रकाशलाई मन परेको थिएन।

पार्टीको महाधिवेशन आयो। पदाधिकारीमा टिकट बाँड्ने बेला भयो। तर अन्तिमसम्म पनि कृष्ण सिटौलाका कारणले पार्टी पदाधिकारीको घोषणा हुन सकेको थिएन। महाधिवेशनको उद्घाटन भइसकेपछि मात्र यस विषयमा टुंगो लाग्यो किनभने उद्घाटन सत्रमै सिटौलाले प्रदिप पौडेललाई महामन्त्रीका रुपमा अघि सारेका थिए। त्यसैरात पदाधिकारीको टुंगो लाग्यो र देउवाले डा. महतलाई अघि सारे।

उनले भनेका थिए-प्रकाशले धेरै दुःख गरेको छ, यो कार्यकालमा उ मन्त्री या सांसद पनि भएन, देशैभरि पुगेको छ, मैले पहिले नै उसलाई वचन दिएको छु, त्यसैले महामन्त्रीमा प्रकाशलाई गरौँ। तर यसको विरोध गरे खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक र एनपी साउदले। पूर्णबहादुर यस विषयमा देउवासँग बोलेनन् तर यी नेताहरुलाई विरोध गर्न लगाए।

उनीहरु देउवाकोमा पुग्दा देउवाले भनेका थिए-उताबाट त गगन थापा आइहाल्ला अनि म सभापतिको मान्छे चाहिएन महामन्त्रीमा? यसो भनेर देउवाले खाँणलाई हप्काएका थिए। अनि खाँण र रमेश लेखक रिसाएर फर्किएका थिए। र उनी निकटका काँग्रेसी नेताहरु भन्छन्, यसलाई खाँणले प्रतिशोधका रुपमा लिएका थिए।

गृहमन्त्री खाँणले आफ्नो निवासमा चार दिनसम्म महाधिवेशन प्रतिनिधिहरुलाई डिनर गराएका थिए र त्यस डिनरमा यही अभियानका लागि लाग्न भनिएका अत्यन्तै निकटस्थहरुलाई बोलाएका थिए। तर उनले हरेक व्यक्तिलाई यो कुरा शेरबहादुर देउवा र आरजु राणालाई कतैबाट पनि नपुगोस् है भन्थे। पूर्णबहादुर खड्काले पनि यो भन्न छुटाउँदैनथे।

यसैको परिणाम डा. महत हारे। विश्व प्रकाशलाई त देउवाले यसपालि प्रकाशशरणलाई महामन्त्री दिनुपर्छ, तिमी सहमहामन्त्रीमा उठ्नु भनेको आन्तरिक सल्लाहको भित्री कुरालाई मिडियामै ल्याएका थिए। उनले महाधिवेशनको केही दिनमात्र अघि पारेर यो कुरा सार्वजनिक गरी प्रतिनिधिहिरुको ‘सिम्प्याथी’ लिने प्रयास थालेका थिए।

यी सबै जना महाधिवेशनमा डा. महत विरुद्ध लागेको देउवा क्याम्पकै नेताहरु बताउँछन्। डा. महतका विरुद्धमा पूर्व एक नम्बरका विश्वप्रकाशदेखि सुदूरपश्चिमका साउद र रमेश लेखक अनि कर्णालीका पूर्णबहादुरसम्म लागेका प्रमाणहरु यता डा. महत निकटस्थहरु बताउँछन्। यसका लागि गगन र विश्वप्रकाशको गठबन्धन नै बनेको थियो।

आफ्ना समर्थकहरुलाई उनीहरुले दुई जनालाई भोट हाल्ने संकेत भाषा ‘विग’ बनाएका थिए। यसको अर्थ थियो विश्वप्रकाश र गगन। आफ्नो क्याम्पका निकटस्थहरुले भोटहाल्न जाने हरेक प्रतिनिधिहरुलाई विग है विग नबिर्सनु भन्थे र दुई जनालाई भोट खसाल्न लगाउँथे। उता देउवाले पनि खाँण रिसाएको महसुश गरेकाले बोलाएरै डा. महतलाई अन्तर्घात नगर्न भनेकाले उनीहरु खुलम खुला भोट माग्न नसकेर यो मिसनको कोड ल्यांग्वेज नै विग बनाएका थिए।

यो कोड सम्बन्धितलाई मात्र थाहा हुन्थ्यो अरुलाई हुदैनथ्यो। विश्व प्रकाशले त आपूmलाई भोट माग्ने नै भए उता खाँण र पूर्णबहादुरले पनि यही विग नामबाट आफ्ना अति निकटस्थहरुसँग फोनबाट भोट मागेका थिए। करिब सय जना जति प्रतिनिधिहरुलाई त पूर्णबहादुरले अलग, अलग आफ्नो घरमै बोलाएर यो अभियानमा लाग्न भनेका थिए।

समाचार स्रोत भन्छ- गृहमन्त्री खाँणले आफ्नो निवासमा चार दिनसम्म महाधिवेशन प्रतिनिधिहरुलाई डिनर गराएका थिए र त्यस डिनरमा यही अभियानका लागि लाग्न भनिएका अत्यन्तै निकटस्थहरुलाई बोलाएका थिए। तर उनले हरेक व्यक्तिलाई यो कुरा शेरबहादुर देउवा र आरजु राणालाई कतैबाट पनि नपुगोस् है भन्थे। पूर्णबहादुर खड्काले पनि यो भन्न छुटाउँदैनथे।

स्पष्ट के छ भने विश्वप्रकाश प्रकाशमानको क्याम्पबाट उठेका हुन् र उनको क्याम्पका अध्यक्षको मत ३७१ मात्र हो। तर यता विश्वप्रकाशको १८०० भन्दा बढी आयो । यहाँसम्म कि शेरबहादुर देउवाले पहिलो चरणमा प्राप्त गरेको २२५८ को त कुरै छोडौँ यता उपसभापति विजय गच्छदारको भन्दा पनि कम मत महतको आयो । त्यसैले देउवाको क्याम्पको मत उनलाई नआएको स्पष्टै बुझ्न सकिन्छ। यसरी हेर्दा अहिले डा. महतले प्राप्त गरेको सो मत कुनै प्यानल भन्दा पनि व्यक्तिगत सम्बन्धका कारण हो भन्ने बुझ्न सकिन्छ।

त्यसो त देउवाले आफूले सभापति जित्नका लागि अरु टिम व्यवस्थापनमा ध्यान नदिएकै हुन्। यसका लागि उनले सिटौलालाई अनावश्यक लिफ्ट पनि दिएका हुन्। यदि प्रदिप पौडेलजस्तो जुनियर उम्मेदबार महामन्त्रीमा नल्याएको भए पनि यसको यस्तो असर पर्दैनथ्यो। तर अहिले बाहिरबाट सरसर्ती हेर्दा देउवालाई पदाधिकारी बैठकमा गाह्रो पर्ने देखिन्छ।

गगन र विश्वप्रकाश देखि उता धनराज र बद्रिहरुले देउवालाई साथ दिने सम्भावना निकै कम छ र उनीहरुले आगामी कार्यकालका लागि सभापतिमा उठ्ने तयारीबाहेक अरु केही नगर्ने पनि स्पष्ट नै देखिन्छ। किनभने आगामी कार्यकालका लागि आफू सभापतिमा उठ्ने कुरा त गगनले आफ्नो कार्ययोजनामा नै सार्वजनिक गरिसकेका छन्। यसले देउवालाई मात्र नभएर ‘विग’ नामबाट गरिएको अन्तर्घातका खेलाडीहरुलाई पनि अप्ठेरो भने अवश्य नै पर्ने छ।

किनभने उनीहरु अबको महाधिवेशनमा कित गगनको महामन्त्री भएर बस्नुपर्छ या अहिलेजस्तै केन्द्रीय सदस्यबाटै चित्त बुझाउनुपर्ने हुन्छ। आज जसरी आगामी दिनमा डा. महतको क्षमता र देउवासँगको निकटताले देउवाले नै आगामी दिनमा डा महतलाई अघि सार्छन् र आफूहरुको अवसर नआउन सक्छ भन्ने मनको बाघले खायो, त्यो भन्दा ठूलो बनको बाघले ‘विग’ का सञ्चालकहरुलाई नखाला भन्न सकिन्न भन्दैछन् यतिखेर देउवा खेमाका काँग्रेसीजनहरु।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *