मन्त्री कार्की कांग्रेस केन्द्रीय सदस्यमा पराजित
विराटनगर। प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की कांग्रेसको केन्द्रीय सदस्यमा पराजित भएका छन्। संस्थापन इतर समुहबाट खुल्ला केन्द्रीय सदस्यमा उठेका कार्कीले १ हजार ६४४ मत ल्याएका थिए । ६४ मत कम आउँदा उनी पराजित बनेका हुन्।
कांग्रेसको विधान अनुसार खुल्ला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित हुने व्यवस्था रहेको छ। कार्की भने मतपरीणामले ३७ नम्बरमा परेका छन्। पराजित कार्की सभापतिका प्रतिस्पर्धी डा. शेखर कोइरालाका विश्वसा पात्र मानिन्छन।
उनी प्रदेशसभामा कांग्रेसका प्रमुख सचेतकसमेत थिए। पराजित भएपछि कार्कीले सामजिक संजाल फेसुबकमा लेखेका छन्, ‘म खुसी छु मत पटक पटक हारौं तर विचारमा सम्झौता गर्नु परोस,स्वाभिमान न झुकोस पद सगप्रतिष्ठा साट्नु नपरोस।’
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment