कसले उठाउँछ सडक किनारमा छरिएका तार ?

डिसी नेपाल
५ पुष २०७८ १५:२०

काठमाडौं।  सडक किनारामा केवलको र नेटका तारहरु अव्यवस्थित रहँदा दुर्घटनाको खतरा बढेको छ । सेवा मजबुत बनाउने नाममा नयाँ तार परिर्वतन गरेपछि पुरानो तारलाई  सडक किनारमा फ्याँकिदिँदा यात्रुहरुलाई आवतजावतमा समस्या भएको हो । सडकको किनारामा फ्याँकिएका तारमा यात्रुको खुट्टा अल्झिएर दुर्घटना हुने खतरा बढेको छ ।

सडकमा हिँडडुल गर्ने सर्वसाधारणहरुलाई तारले असर पुर्याएको  सर्वसाधारणले  गुनासो गरेका छन् ।  यात्रुहरु भन्छन्,  ‘यो छरिएको तारहरु कसले उठाउँछ ।’  सोही सडक किनाराबाट दैनिक हजारौं बालबलिकाहरु स्कुल धाउने गर्दछन् । काठमाडौंका विभिन्न सडक किनारामा तारहरु फालिएको पाइन्छ । तस्विरमा हेर्नुहोस् :

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *