छोराछोरीलाई कारबाहिर उभ्याएर कारभित्र प्रेमीसँग यौन सम्बन्ध ! बच्चाहरुले झ्यालबाट हेरे

डिसी नेपाल
६ पुष २०७८ १७:१६

काठमाडौं। एउटी महिलाले प्रेमीसँग शारीरिक सम्बन्ध बनाउनको लागि आफ्ना २ साना छोराछोरीलाई कारबाहिर उभ्याइन् । आफूले कारभित्र ब्वायफ्रेण्डसँग रोमान्स गर्न थालिन् । घटना अर्जेन्टिनाको ला प्लाटास्थित पेरेयरा इराओला पार्कको हो ।

एल लिटोरलको एक रिपोर्टअनुसार महिलाले छोराछोरीलाई कारबाहिर पर्खिन भनिन् । त्यसपछि कारका ढोका बन्द गरेर ब्वायफ्रेण्डसँग रोमान्स गर्न थालिन् । यो घटनाको एउटा भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा कारबाहिर ५ वर्षकी बालिका आफ्ना २ वर्षका भाइसँग उभिएकी छिन् । बालबालिकाले कारभित्र हेर्ने कोसिस गरिरहेका छन् । यस क्रममा बालबालिकाहरु अचम्मित र चिन्तित देखिएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार बालबालिकाले भित्र हेर्दै आमासँग भित्र आउन दिन भनिरहेका थिए । उनीहरुकी आमाले भने छोराछोरीलाई बेवास्ता गरिरहेकी थिइन् । यस क्रममा बालबालिकाले कारको ढोका खोल्ने कोसिस पनि गरे तर खोल्न सकेनन् किनकि ढोका भित्रबाट लक थियो । त्यही बेला त्यहाँ पुलिस पुग्यो । पुलिसले महिला र उनका प्रेमीलाई पक्राउ गरेको छ ।

पुलिसले पछि मात्र ती पुरुष बालबालिकाको पिता नभएको थाहा पाएको थियो । सोधपुछमा महिलाले ती पुरुषसँग आफ्नो केही दिन पहिले मात्र भेट भएको बताइन् । अभियोजक ग्याब्रिएला मातेओले यो घटनामा महिलाको पत्तिकै ती पुरुषको पनि गल्ती भएको बताइन् । यी दुईमाथि बच्चाहरुसँग गलत व्यवहार र यौन शोषण जस्ता अभियोग लगाउन सकिनेछ । अभियोजकले बच्चाहरुलाई केयर सेन्टरमा राखेका छन् । पुलिसले घटनाको थप जाँच गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *