बागमती प्रदेशसभाको बैठक बस्दै

डिसी नेपाल
७ पुष २०७८ १०:०८
32
Shares

बागमती। बागमती प्रदेशसभाको नवौँ अधिवेशन बैठक आज बस्दै छ । उक्त बैठक दिउँसो १ बजेका लागि तय भएको छ।

प्रदेशसभाका सचिव कृष्णहरि खड्काका अनुसार प्रदेशसभाको बैठकअघि साढे एघार बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ। संसद् सञ्चालनका लागि आवश्यक छलफल गर्न सभामुख सानुकुमार श्रेष्ठले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्। सोही बैठकबाट प्रदेशसभा बैठकको कार्यसूची तय हुने जनाइएको छ।

मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विश्वासको मत पाएपछि प्रदेशसभाको बैठक बसेको छैन । बागमती प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का ४३, नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी)का १३, जसपाका एक, नेमकिपाका दुई, राप्रपाका दुई, विवेकशील साझाका तीन गरी कूल १०९ सांसद रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *