चार्ल्स शोभराजको मुद्दा न्यायाधीश अनिलकुमार सिन्हाको बेन्चमा
काठमाडौं। कारागार कार्यालय जगन्नाथदेवलमा थुनामा रहेका चार्ल्स शोभराज गुरुमुखको बन्दीप्रत्यक्षीकरण मुद्दा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा परेको छ।
गोलाप्रथा प्रणालीअनुसार मुद्दाको पेसी तोकिँदा शोभराजको मुद्दाको सुनुवाइ न्यायाधीश सिन्हाको बेन्चमा परेको हो।
उमेर र आधा सजाय कटाइसकेकाले आफूलाई छाड्नुपर्ने माग शोभराजको छ। सिरियल किलरको उपाधि पाएका शोभराजले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौ र कारागार कार्यालय जगन्नाथदेवललाई विपक्षी बनाई बुधबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment