राजनीतिबाट विश्राम लिएको होइन, केही क्षणको अल्पविराम मात्र होः रामचन्द्र पौडेल
काठमाडौं। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफू महाधिवेशनमा प्रतिस्पर्धाबाट अलग बस्नु राजनीतिक यात्रामा विश्राम नभइ केही क्षणको अल्पविराम भएको बताएका छन् ।
१४ औं महाधिवेशनबाट निर्वाचित सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई बधाई तथा शुभकामना दिँदै नेता पौडेलले आफूलाई साथीहरुले ‘रामचन्द्रजी अब पार्टिभित्रको चुनावमा लड्नु हुँदैन, जोगिएर रहनुपर्छ’ भनेकाले आफू प्रतिस्पर्धाबाट अलग रहेको र त्यस निर्णयप्रति इमान्दार रहन मतदानबाटै अलग रहेको उल्लेख गरेका छन् ।
आफ्नो राजनीतिक यात्रा जारी रहेको भन्दै उनले अविछिन्न अगाडि बढिरहने संकल्प रहेको उल्लेख गरेका छन्। उनले नेता कार्यकर्ता र शुभचिन्तकलाई आफूप्रतिको विश्वासलाई सदैव सम्मान गर्ने उल्लेख गरेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment