माओवादी केन्द्रको स्थायी समिति बस्दै

डिसी नेपाल
९ पुष २०७८ ६:२१
64
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ। शुक्रबार (आज) बिहान पार्टी कार्यालय पेरिसडाँडामा बैठक विहान ८ बजेका लागि बोलाइएको हाे।

पुस ११ गतेबाट सुरु हुने राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे बैठकमा छलफल हुने जनाइएको छ। प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको छ। माओवादीले यसपटक राष्ट्रिय सम्मेलनमा विचारको बहस हुने बताएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *