नारायण गोपालमाथि अनेक आरोप, आरोह र अवरोहका केही प्रसंग

डिसी नेपाल
१० पुष २०७८ ११:०५

नारायण गोपाललाई हामीले गायकको रुपमा सम्झना गरे पनि उहाँ २०२३ सालमा सर्बोत्कृष्ट सङ्गीतकारको रुपमा सम्मानित हुनु भएको हो। त्यसपछि मात्र उहाँ गायनमा थप चर्चामा आउनुभयो। उहाँलाई पहिलोपटक गाउन प्रेरित गर्ने चाहिँ उहाँको पिताको साथी कमलध्वज अधिकारी हुनुहुन्थ्यो।

कमलध्वज अधिकारी जो आफ्नो छिमेकमा बस्दा उहाँको सितारको धुन सुनेपछि नारायण गोपाल गाउन प्रेरित हुनुभयो। उहाँका कान्छा भाइ लक्ष्मण गुरुवाचार्यका अनुसार नारायण गोपाल फिल्म हलको बाहिर गएर बस्नु हुन्थ्यो र गीत सुन्नुहुन्थ्यो।

फिल्म सकिएपछि जस्ताको तस्तै गाउनु हुन्थ्यो। जस्ले गर्दा अर्को सो लाईसमेत प्रभावित पार्ने हुनाले हलवालाले फ्री मै हलमा प्रबेश दिन्थे रे। उहाँको गायनमा दुःखका अनुभव पनि थुप्रै छन्।

माइतीघर फिल्मको गीत गाउन जँदा नारायण गोपाल रिजेक्ट हुनु भएको थियो। ‘जिन्दगीलाई जितले हैन हारले स्वागत गरी’ भन्ने गीत गाउन उहाँ रिजेक्ट भएपछि उहाँको आइडल सिंगरले गाउनु भयो।

पछि नाम चलिसकेपछि पनि उहाँले चोट फिल्ममा गाएको गीत “तिमी किन आज एस्तो“ रिजेक्ट भएर प्रकाश श्रेष्ठलाई गाउन दिइयो। रबिन शर्माले (कार्यक्रममा सहभागी) पनि सारगी भन्ने फिल्ममा गाएको गीत “मैले गीत छोडिआएँ फूलको तरेलीमा“ बम्बईबाट रेकर्ड गरेर आइसकेपछि एयपोर्टमा आइपुग्दा अर्कैले डबिङ गरेको कुरा सुन्नु परेको थियो।

माइतीघर फिल्मको गीत गाउन जा“दा नारायण गोपाल रिजेक्ट हुनु भएको थियो। ‘जिन्दगीलाई जितले हैन हारले स्वागत गरी’ भन्ने गीत गाउन उहाँ रिजेक्ट भएपछि उहाँको आइडल सिंगरले गाउनु भयो। पछि नाम चलिसकेपछि पनि उहाँले चोट फिल्ममा गाएको गीत “तिमी किन आज एस्तो“ रिजेक्ट भएर प्रकाश श्रेष्ठलाई गाउन दिइयो।

आफैले गाएको गीत “तिमी किन आज यस्तो“ लाई मेरो स्वर ठीक छैन अरुलाई नै दिनु भनेर समेत नारायण गोपालले अर्कैलाई दिनु भयो। बिश्वास फिल्ममा ःअंगअंगमा“ भन्ने गीत म गाउन सक्दिन भनेपछि फिल्म निर्देशक चेतन कार्कीले अरुलाई नै चयन गर्नु भएको थियो।

नारायण गोपालले २२ बर्ष सक्रिय गायनमा बिताउनु भयो। ६ वर्ष प्रशासनमा बिताउनु भयो। सांस्कृतिक संस्थानमा तवला बाधकको रुपमा सुरु गरेर पछि जिएम हुनुभयो। कलाकार जिएम भएको पहिलो व्यक्ति नै उहाँ भएको हुनुपर्छ। त्यो संस्थानमा। उहाँलाई त्यहाँ काम गरुन्जेल जालझेल भैरह्यो।

उहाँको बिरुद्धमा पम्प्लेट छपियो नारायण गोपाल बहिस्कार गरौं भनेर । सिटी सुसेली भन्ने सभागृहमा आयोजना गरिएको एक साँगीतिक कार्यक्रम जहाँ मदन दिप बिमले पहिलो पटक स्टेजमा बजाउनु भएको थियो नारायण गोपाल मन्चमा आउने बित्तिक्कै आउट भनियो।

नारायण गोपाल उद्घोषण पनि गर्ने, गीत पनि गाउने, कार्यक्रम आयोजना पनि गर्ने, कलाकारलाई सहायता होस भनेर गायन क्लबहरु पनि खोल्ने पत्रिकाको सम्पादन पनि गर्ने गर्नु हुन्थ्यो। उहाँले मनास्लु होटलमा नगेन्द्र थापासँग मिलेर लाली गुँरास भन्ने क्लव खोल्नु भो जहाँ दार्जिलिङबाट आउने बितिक्कै प्रकाश गुरुङ्गले पहिलो काम त्यही गर्नु भएको थियो।

बिबाह गरेको केही समयमा नै उहाँले पोखरामा पढाउनु हुन्थ्यो र त्यहाँका बिद्यार्थीहरुले नारायण गोपाललाई लद्दु सर भनेर बोलाउने गर्दथे किनभने उहाँ पढाउन नसक्ने आफू मात्र किताव खरर पढेर निस्कने गर्नु हुन्थ्यो रे। पछि आएर उहाँ ललित कला क्याम्पसमा एसोसिएट प्रोफेसर हुनु भयो। तर उहाँले ललितकला क्याम्पसमा एक दिन पनि क्लास लिनु भएन।

उहाँलाई त्यहाँ काम गरुन्जेल जालझेल भैरह्यो। उहाँको बिरुद्धमा पम्प्लेट छपियो नारायण गोपाल बहिस्कार गरौं भनेर । सिटी सुसेली भन्ने सभागृहमा आयोजना गरिएको एक साँगीतिक कार्यक्रम जहाँ मदन दिप बिमले पहिलो पटक स्टेजमा बजाउनु भएको थियो नारायण गोपाल मन्चमा आउने बित्तिक्कै आउट भनियो।

ललितकलामा नै त्यो बेला नारायण गोपालको एक सांगीतिक साँझ गर्न खोज्दा कुनै पनि टिकट बिक्री भएनन्। त्यसपछि उहांका दुई भाइहरुलाई टिकट बेच्न पठाउनु भयो तर पनि टिकट बिकेनन्। किन भनेर पछि बुझ्दा मानिसहरुले नेवार भएर नेवारी गीत किन नगाएको भनेर रहेछ।

त्यसपछि उनले लौ त मलाई नेवारी गीत दिनुस भनेर बिमार्श पत्रिकामा गीत चाहियो भनेर बिज्ञापन नै निकाल्नु पर्‍यो। यसरी गीत चाहियो भनेर बिज्ञापन निकालिएको पहिलो घटना हो। त्यसरी बिज्ञापन गरेर मागिएका सबै गीतलाई उहाँले रिजेक्ट गर्नु भो।

पछि अर्को कार्यक्रम नारायण गोपाल स्वर्णिम साँझ भने ब्यापक सफल रहयो। त्योबेला नारायण गोपालको कार्यक्रम आउँछ भनेपछि काठमाडौ नै सुनसान हुन्थ्यो। त्यो बेला नेपाल टेलिभिजनका महाप्रबन्धक नीरशाहले टेलिभिजनमा लाईभ गर्नुभएको थियो। उहाँ बाद्यबादकलाई अति नै माया गर्नु हुन्थ्यो।

उहाँको नाममा राखिएको पुरस्कार पाउने पहिलो पटक बाद्यबाधक सितारबादक गणेश भन्डारी हुनुहुन्थ्यो । कुनै एक कार्यक्रममा हार्मुनियम बजाउन अनुरोध गर्दा दिब्य खालिङले न आएर धोका दिएको कुरा सम्झना योग्य छ। नारायण गोपाल स्वर्णिम सन्ध्याको तयारी गर्दा उहाँ लाईभमा आउन दुईवटा सर्ट लिएर आउँनु भएको थियो।

३ बोत्तल रक्सी पनि साथमा थियो जुन मैले नै बोकेको थिए“। तर गीत चाहिँ रक्सी नखाइ नै गाउँदै हुनुहुन्थ्यो। मध्यान्तरको बेला भने उहाँले एक बोत्तल रक्सी कुना पसेर पिउनु भयो। कार्यक्रम सफल भए लालितकला क्याम्पसका साथीहरुलाई पिकनिक लान्छु भनेर उहाँले बाचा गरे पनि आखिरी एउटा खसी मात्र किनिदिएको प्रसँग पनि सम्झन लायक छ। उहाँले सो स्वर्णिम सांझ ६० हजार लिएर गरेको कुरा खुल्न आयो जुन रकम त्यो बेला निक्कै ठूलो मानिन्थ्यो।

उहाँले किनिदिएको पिकनिकको खसी उहाँ आफैले बनाउन मन हुँदाहुँदै अर्कैले बनाइदिएपछि घोर रिसाउनु भएको थियो रे। उहाँ पिक्निकमा केही ढिला पुग्दा त्यस्तो हुन गयो। त्यो बेला नारायण गोपालले नेपाली भाषाका सबै गाली गर्ने शब्द प्रयोग गर्नु भयो रे। उत्तम नेपाली डरले भागेर गायब नै हुनुभएछ।

त्यस्तो रिसाएको बेला उहाँलाई मत्थर बनाउँन कसैले उहाँसँग चेस खेलिदियो भने उहाँ कन्ट्रोलमा आउँनु हुन्थ्यो। उज्ज्वल कुन्दन ज्यापुले ल दाइ बाग्चाल खेलौं भनेर अनुरोध गरेपछि उहाँ तयार हुँनु भो। ३ वटा नै खेल उज्ज्वल ले जित्नु भो र नारायण गोपालले मलाई जित्ने तिमी मात्रै रैछौ लौ बधाइ भन्नु भएको थियो।

उहाँले स्वर परीक्षा पास गर्दा उहाँको बुवा आशा गोपाल गुरुवाचार्य चाहि खुब रिसाउनु भएको थियो रे। किनकि उहाँ आफ्नो छोरालाई शास्त्रीय संगीत पढाएर आफ्नो परम्परा कायम गरोस भन्ने चाहनुहुन्थ्यो तर कान्छी फकाउने गीतमा लागेको भनेर उहाँ खुशी हुनुभएन।

उहाँले आफ्नो बाबुको दुइ कुरा मान्नु भएन। पहिलो शास्त्रीय संगीतमा नलाग्नु दोश्रो अन्तर्जातीय बिबाह। नारायण गोपालको पहिलो प्रेमी अहिले अमेरिकामा बस्नुहुन्छ। उहाँ अहिले पनि मैले उहाँसँग बिबाह गरेको भए परिवारसँग संबन्ध बिग्रिने थिएन भनेर दाबी गर्नुहुन्छ।

नारायण गोपालको पहिलो प्रेमी अहिले अमेरिकामा बस्नुहुन्छ। उहाँ अहिले पनि मैले उहाँसँग बिबाह गरेको भए परिवारसँग संबन्ध बिग्रिने थिएन भनेर दाबी गर्नुहुन्छ।

४५ सालको भुकम्पको बेला कलाकारहरुले फुटबल आयोजना गर्दा सन्तोष पन्तले जातीय कुरा उठाएको कारण मन्त्री कार्यक्रम छोडेर हिँडे। सबै कलाकारले सन्तोष पन्तको बिपक्षमा लाग्दा नारायण गोपाल एक्लैले सन्तोष पन्तलाई सपोर्ट गरेका थिए। त्यसै कारण त्यो फुटबल आयोजना गर्ने पत्रिका कामनाले नारायण गोपाललाई जाँड सम्राट भनेर पनि खेदेको थियाे।

डिसी नेपालले स्वरसम्राट स्व.नारायण गोपालको ३१ औँ पुण्य तिथिको अवसरमा अमेरिकामा रहेका दिग्गज कलाकारका साथमा विशेष साङ्गीतिक कार्यक्रम गर्‍यो। त्यो कार्यक्रममा विशिष्ट अतिथि सदाबहार लोकप्रिय गायक रविन शर्मा हुनुहुन्थ्यो भने प्रमूख अतिथि लेखक विश्लेषक रेडियोकर्मी चलचित्रकर्मी प्रकाश सायमी हुनुहुन्थ्यो।

सो अवसरमा अमेरिकामा रहेका चर्चित गायक गायिकाहरु- जगदिश समाल , मनोजराज शिवाकोटी, केशब पौडेल्, जुना प्रसाइ, रोशन गुरुङ र केशब दाहाल हुनुहुन्थ्यो । धेरैले मन पराउनु भएको यो बिशेष साङ्गीतिक कार्यक्रममा प्रमुख अतिथि प्रकाश सायमीले नारायण गोपालको बारेमा राखेका केही तथ्यहरु सहितको यो जानकारी मुलक सामग्री यहाँहरुको लागि-प्रस्तोता अर्जुन दाहाल
(विस्तृत भनाइ यो लिंकमा हेर्नुहोस्)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *