लाइभ च्याट गर्ने, अन्तरवार्ता दिने गर्न थालेपछि राष्ट्रपतिको कुकुर चर्चामा

डिसी नेपाल
१० पुष २०७८ १२:५८

काठमाडौं। देशका राष्ट्रपतिको चर्चा त देश विदेशमा हुने गर्छ । तर, कहिलेकाहीँ यस्तो भइदिन्छ कि राष्ट्रपति मात्रै होइन उनका कुकुरको पनि चर्चा चुलिन्छ । १९ डिसेम्बरमा ३५ वर्षको उमेरमै चिलिका राष्ट्रपतिमा निर्वाचित भएका ग्याब्रियल बोरिकको कुकुरको पनि चर्चा चुलिएको छ । ३५ वर्षकै उमेरमा देशको सर्वोच्च पदमा निर्वाचित भएका बोरिकको त चर्चा विश्वभरी भयो नै उनको कुकुरको पनि धेरै चर्चा भइरहेको छ ।

चिनिमा बामपन्थी नेताको नयाँ अनुहारको रुपमा अगाडि आएका बोरिकले आफ्नो कुकुर ब्राउनीको इन्स्टाग्राम अकाउन्ट खोलिदिएका छन् । डेलीमेलका अनुसार इन्स्टाग्राम अकाउन्ट खोलेको केही दिनमै बोरिकको कुकुर ब्राउनी सोसल मिडिया स्टार बनिसकेको छ । समाचारका अनुसार चिलिका राष्ट्रपति बोरिकको कुकुर ब्राउनीले अर्जेन्टिनाका राष्ट्रपतिको कुकुरसँग च्याट पनि गरेको छ । जसको पोस्ट सामाजिक संजालमा भाइरल छ ।

ब्राउनीले अर्जेन्टिनाका राष्ट्रपतिको कुकुर डिलानसँग कुरा गरेको छ । त्यसपछि डिलानले आफ्नो पोस्टमा लेखेको छ ‘हामी आपसमा कुरा गरेर यो संसारलाई अझै राम्रो बनाउनेछौं ।’ डिलानले ब्राउनीलाई बधाइ पनि दिएको छ । बोरिकले आफ्नो कुकुरको यन्स्टाग्राम अकाउन्ट ठिक त्यही दिन बनाएका थिए जुन दिन उनले चुनाव जितेका थिए । अकाउन्ट बनाएको केही दिनमै ब्राउनीका ३ लाखभन्दा धेरै फलोअर भइसकेका छन् ।

ब्राउनीका फलोअर अर्जेन्टिनाका राष्ट्रपतिको कुकुरका फलोअर भन्दा धेरै छन् । एउटा फोटोमा त ब्राउनी चिलीको मर्निङ शोमा अन्तरवार्ता दिइरहेको देखिएको छ । अन्तरवार्ता दिने, च्याट गर्ने गर्न थालेपछि यो कुकुरको चर्चा चुलिएको छ । चिलीका नवनिर्वाचित राष्ट्रपति बोरिक २०१४ मा सांसद निर्वाचित भएका थिए । विद्यार्थी नेता बोरिकले त्यतिबेला उच्च शिक्षाका विषयमा प्रदर्शन गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *