बीपी कोइराला स्मृति प्रतिष्ठान गठन

डिसी नेपाल
११ पुष २०७८ १९:२७

काठमाडौं । तानसेन नगरपालिकाले बीपी कोइराला स्मृति प्रतिष्ठान गठन गरेको छ । तानसेन नगरपालिकाको नवौँ नगरसभाबाट बीपी कोइराला स्मृति प्रतिष्ठान गठन गर्ने निर्णय भएको थियो । सोही निर्णयअनुसार १३ सदस्यीय समिति गठन गरिएको तानसेन नगरप्रमुख अशोककुमार शाहीले पत्रकार सम्मेलन गरी जानकारी गराए ।

प्रतिष्ठानको अध्यक्षमा टङ्कप्रसाद पन्थ, सदस्यमा टङ्कप्रसाद भट्टराई, शोभाखर न्यौपाने, वुद्धिप्रसाद शर्मा, रामप्रसाद शर्मा, पुस्करराज रेग्मी, चित्रवलीराम सुवाल, इन्द्रा गहतराज, मनकुमारी गहिरे, निलम नेपाल, रेखीराम राना, गोविन्द्र भट्टराई र सदस्य सचिवमा डा शङ्करप्रसाद गैरे रहेको तानसेनका प्रवक्ता दामोदर घिमिरेले बताए ।

तानसेन नगरप्रमुख शाहीले राष्ट्रःनिर्माणमा योगदान गर्ने व्यक्तित्वको सम्मानका लागि नगरपालिकाले समिति गठन गरिएको बताए । यसअघि पृष्पलाल पत्रकारिकता अक्षयकोष स्थापना गरी पुरस्कार प्रदान गर्दै आएको उनले बताए। भवन तथा सडक मापदण्डलाई व्यवस्थित गर्न नगर प्रमुख शाहीको नेतृत्वमा कार्यदल गठन गरिएको छ । जसको सदस्यमा तानसेन–२ का वडाध्यक्ष बरुण रेग्मी, कार्यपालिका सदस्यमा शशी श्रेष्ठ, पूर्वाधार शाखाका राम प्रसाद श्रेष्ठ, इञ्जिनीयर सुमन पाण्डेय र सदस्य सचिवमा भरत आचार्य रहेको छ ।

स्थानीय सञ्चारगृह सवलीकरण समिति, समुदायिक स्वास्थ्य केन्द्र निर्माण समिति तथा स्पोट्स एकेडेरी गठन तथा सम्भाव्यता अध्ययन समिति गठन गरी नगरपालिकाले सार्वजनिक गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *