अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन चैत २२ देखि गर्ने निर्णय
काठमाडौं। नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय सचिवालय बैठकले राष्ट्रिय महाधिवेशन अधिवेशन गर्ने निर्णय गरेकाे छ।
पुस १० र ११ गते एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लामा झापाको बिर्तामोडमा भएको बैठकले फागुन ७ गते विधान महाधिवेशन र चैत २२ देखि २४ सम्म २३ औं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ।
यसअघि बुधबार बसेको अनेरास्ववियु केन्द्रीय पदाधिकारीको बैठकले पुस १५ देखि २२ सम्म जिल्ला अधिवेशन गर्ने, पुस २५ देखि माघ २ गतेभित्र विश्वविद्यालय राष्ट्रिय कमिटी सम्मेलन गर्ने र पुस १३ देखि माघ २ गतेसम्म सम्पर्क कमिटी सम्मेलन गर्ने निर्णय गरेको गरेको थियो
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment