प्रज्ञा भवनमा ‘जनयुद्ध’को झल्को (फाेटाेफिचर)
काठमाडौं। नेकपा माओवादी केन्द्रको आठौं अधिवेशन कमलादीस्थित प्रज्ञा भवनमा चलिरहेको छ । आइतबारबाट सुरु भएको महाधिवेशन बिहीबारसम्म चल्ने र यसले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्ने माओवादीले जनाएको छ ।

१० वर्ष सशस्त्र युद्धबाट शान्ति प्रक्रियामार्फत खुला राजनीतिमा आएको माओवादीको जारी महाधिवेशनस्थल प्रज्ञा भवनमा युद्ध सम्झाउनेसहितका पेन्टिङ राखिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि युद्धरत अवस्थासम्ममा पेन्टिङ राखिएको हो ।

चित्रकला प्रदर्शनीमा नवयुगको आह्वान, गरिब परिवार, हाम्रो अभियान लाल सलाम, वित्तीय पुँजीवाद, द्वन्द्व, गणतन्त्रको गन्तव्य, राजनीतिक संयोजन, देश द्वन्द्व, राष्ट्रिय द्वन्द्व, दलाल पुँजिवाद, रातो मान्छे, महिला विद्रोह, पुँजीवादी दृष्टि, मजदुर, समाजवादका लागि सांस्कृतिक अभियान, क्रान्ति–पवित्रता र शान्ति, समाजवाद यात्राको पदचाप, नायक, ओद्योगिक क्रान्ति र समाजवाद, कृषि क्रान्ति र समाजवाद, उज्यालो यात्रा, दृष्टि, शान्तिका लागि समायोजन, ज्याला, समृद्धिको यात्रा, क्रान्ति, सहिदका सपना, क्रान्तिको विगुल, समानता, श्रम र समृद्धि शीर्षक दिएर पेन्टिङ राखिएका छन् ।

विभिन्न कलाकारले कोरेका एक्रेलिक, मिश्रित, प्रकृतिक रङ, डिजिटल, प्रिन्ट, पेन एण्ड इन्क, पोखरा, तेलरङ, जलरङ माध्यमबाट चित्र कोरेका हुन् ।
















No ads found for this position


डिसी नेपाल
Facebook Comment