६० लाख तलबको जागिर छोडेर घरेलु कामदार बनिन् महिला

डिसी नेपाल
१३ पुष २०७८ १७:०४

काठमाडौं। १ महिला ६० लाख रुपैयाँभन्दा धेरै पारिश्रमिकको कर्पोरेट जागिर छोडेर घरेलु कामदार बनिन् । यी महिलाको नाम क्लेयर बर्टन हो । बेलायतकी यी महिलाका अनुसार सरसफाइकर्मीको काम गर्नु कर्पोरेट जागिरमा इमेल लेख्नुभन्दा बिल्कुलै फरक छ । बर्टनका अनुसार यो निर्णय उनको करिअरकै सबैभन्दा राम्रो कदम थियो ।

द सनमा प्रकाशित एक रिपोर्टअनुसार लाखौं रुपैयाँको जागिर छोडेकी क्लेयरले अहिले ६ जना ग्राहककहाँ सफाइको काम गर्छिन् । उनले यो काम इन्स्टाग्राम युजर मिसेज हिन्चलाई देखेपछि सुरु गरेकी हुन् । बर्टनले २००१ मा एक आइ स्ट्रिट बैंकमा ग्राहक सेवा प्रतिनिधिको जागिर सुरु गरेकी थिइन् । त्यतिबेला उनको वार्षिक कर्मा १५ हजार पाउण्ड (करिब २४ लाख रुपैयाँ) थियो । यही क्रममा उनले ब्वायफ्रेण्ड डेभसँग २००३ सेप्टेम्बरमा बिहे गरिन् ।

२०१७ मा आइपुग्दा उनको पारिश्रमिक ४० हजार पाउण्ड (६४ लाख रुपैयाँ) पुग्यो । तर, यही वर्ष बर्टनका पिताको क्यान्सरका कारण निधन भयो । २०१८ मा उनको विवाह पनि छुट्यो । उनका पति डेभले उनीसँग सम्बनधविच्छेद गरे । यी सब घटनाले उनलाई गहिरो धक्का लाग्यो ।

त्यतिबेला उनलाई आफ्नो जीवन नै समाप्त भएजस्तो लाग्थ्यो । तर, सफाइको कामले भने उनलाई अप्रत्याशित रुपले सम्हालिन सहयोग गर्यो । पहिले सरसफाइको कामका लागि अरुलाई पैसा दिने क्लेयरले अब सफाइको काम गर्न थालिन् । यही बीचमा उनले मिशेज हिन्चलाई देखिन् जसले सरसफाइको काम गरेर निकै खुसी थिइन् ।

लकडाउनका क्रममा काम बन्द भएपछि उनी घरमै सरसफाइको काम गर्थिन् । यही बीचमा उनलाई जागिर नै छोडेर सफाइकर्मीको रुपमा काम गर्ने सोच आयो । उनले जागिर छोडिन र फुलटाइम सफाइकर्मीको काम गर्न थालिन् । अहिले उनका ६ ग्राहक छन् । सफाइको काम गर्दा उनको कमाइ ७० प्रतिशत घटेको छ तर यो कामबाट उनी खुसी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *