कुकुरका कारण दुई महिलाको झगडा, एउटीले अर्कीलाई कुकुरलेझैं टोकिन्

डिसी नेपाल
१४ पुष २०७८ ११:२३

काठमाडौं। कुकुरका कारण झगडा गरेका दुई महिलाको झगडा हातपातसम्म पुग्यो । यतिमात्र नभए लडाइँका क्रममा एउटी महिलाले अर्की महिलालाई कुकुरलेझैं टोकिन् । जर्मनीमा एक वृद्ध महिला र एक कुकुर पाल्ने महिलाबीच झगडा भएको थियो । झगडाका क्रममा वृद्ध महिलाले कुकुर पाल्ने महिलालाई टोकिदिएकी हुन् ।

रिपोर्टका अनुसार घटना पूर्वी जर्मनीको थुरिंगजिया क्षेत्रको हो । यहाँ दुई महिलाबीच कुकुरलाई अनुशासन सिकाउने विषयमा झगडा भएको थियो । जर्मन मिडिया डेचे वेलेको एक रिपोर्टअनुसार झगडा बढेर कुटपिटसम्म पुग्यो । तर, जुन कुकुरहरुका विषयमा महिलाहरु झगडा गरिरहेका थिए ती कुकुरहरु भने शान्त भएर झगडा हेरिरहे ।

पुलिसका अनुसार २७ वर्षकी कुकुर पाल्ने महिला र ५१ वर्षकी अर्की महिलाबीच झगडा भएको थियो । वृद्ध महिलाले युवा महिलाका कुकुरलाई कुटेको भन्दै उनीहरुबीच झगडा भएको थियो । युवा महिलाले आफ्ना कुकुरलाई कुटेको विरेध गरिन् तर विवाद कुटाकुटसम्म पुग्यो । कुटपिटका क्रममा वृद्ध महिला भुइँमा लडिन् ।

लडेकी महिलाले युवा महिलाको खुट्टामा कुकुरलेझैं टोकिदिइन् । टोकेर महिलालाई गम्भीर चोट लागेपछि उनलाई अस्पताल लगियो । यो घटना चर्चामा यसकारण आयो किनकि यसरी कुकुरले टोक्नुपर्ने हो तर कुकुरको विषयमा झगडा भयो र महिलाले टोकिन् । अर्को कुरा सामान्यतया कुकुरहरु आफ्नो मालिकलाई बचाउन अघि सर्छन् तर यो घटनामा कुकुरहरुले केही नगरी हेरेर बसे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *