नयाँ बसपार्क सामूहिक बलात्कार घटनाः प्रहरीद्वारा ९ जना सार्वजनिक

डिसी नेपाल
१४ पुष २०७८ २१:१०
6.5k
Shares

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा एक महिलामाथि सामूहिक बलात्कारको आरोप लागेका ९ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

पुस १२ गते सुर्खेतबाट काम खोज्न काठमाडौं आएकी ३४ वर्षीया महिलालाई सोही दिन र भोलिपल्ट गरि विभिन्न गेस्ट हाउसमा ९ जनाले सामूहिक बलात्कार गरेको उजुरी परेको थियो । महिलाले उजुरी दिएपछि उनले बताएको स्थान र हुलियाका आधारमा प्रहरीले मंगलबार ७ र बुधबार २ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई बुधबार साँझ प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नम्बर १० झाकोटका २३ वर्षीय हिक्मत नेपाली, २२ वर्षीय रतन नेपाली, १९ वर्षीय दीपक नेपाली, २३ वर्षीय शिवहरि बुढा, २४ वर्षीय युवराज बडुवाल, २५ वर्षीय हस्त नेपाली, छायानाथ रारा नगरपालिका वडा नम्बर ६ का २१ वर्षीय सुरेश सेजुवाल, छायानाथ राजा नगरपालिका ११ का २४ वर्षीय चन्द्र साउद र कपिलवस्तु बुद्धभूमिका गोपालकुमार शिरीष रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । उनका अनुसार पक्राउ परेकाहरु सवै वैदेशिक रोजगारी जाने तयारीमा थिए ।

महिलाको शारीरिक तथा मानसिक स्वास्थ्य परीक्षण गरी घटनाको अनुसन्धान थालिएको र पीडित महिलाको अवस्था अहिले सामान्य नै रहेको प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *