चेल्सी रोकियो, म्यानचेस्टर सिटीलाई आठ अंकको अग्रता
काठमाडौं। शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई पराजित गर्दै इंग्लिस प्रिमियर लिग फुटबलमा आठ अंकको अग्रता बनाएको छ।
बुधबार राति भ्रमणकारी टोली सिटीका लागि फिल फोडेनले १६ मिनेटमा निर्णायक गोल गरेपछि सिटीले १६ औं जित निकालेको हो। खेलको ८८ मिनेटमा सिटीका लोपार्टोले गोल गरेपनी भारले त्यसलाई मान्यता दिएन।
गय राति नै भएको खेलमा चेल्सी ब्राइटनसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो। रोमेलु लुकाकुले २८ मिनेटमा गोल गर्दै अग्रता बनाएपनी ब्राइटनका ड्यानी वेलब्याकले खेलको इन्जुरी समयमा गोल गर्दै हार टारे।
जितसँगै सिटीले २० खेलबाट ५० अंक बनाएको छ। दोस्रो स्थानको चेल्सीको समान खेलबाट ४२ अंक छ। एक खेल कम खेलेको लिभरपुल ४१ अंक सहित तेस्रो स्थानमा छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment