केरुङमा बाक्लो हिमपातपछि नेपाल आयात हुने सामान लोड हुन सकेन

डिसी नेपाल
१५ पुष २०७८ ९:४९
132
Shares

रसुवा। चीनको केरुङमा बाक्लो हिमपातका कारण नेपाल सामान आयातमा प्रभावित भएको छ। मंगलबार साँझदेखिको हिमपातका कारण नेपाल ल्याउन चीनको केरुङस्थित गोदाममा राखिएको सामान लोड हुन नसकेको व्यवसायीले बताएका छन्।

केरुङमा करिब ३ फिटभन्दा बढी हिउँ परेको बताइएको व्यवसायी पुरुषोत्तम पौडेलले बताए। ‘पहिलेको भन्दा धेरै हिउँ परेको छ, अहिले सामान लोड गर्ने स्थिति छैन भन्ने खबर आएकाे छ,’ उनले भने।

हिमपातका कारण सामान लोड भएर नेपाल आउन लागेका चिनियाँ कन्टेनरसमेत केरुङमै रोकिएको पौडेलले बताए। ‘सामान लोड भएर बसेका गाडि केरुङबाट रसुवागढी आउन सकेको छैन, हिमपात भइरहेकाले लोड हुन सकेको छैन भनेर जानकारी आएको छ, उनले भने, हिउँ छ, यातायात अवरुद्ध भएको छ भनिएको छ, अब कति दिन लाग्छ भन्ने यकीन छैन।’

अर्का व्यवसायी शारदाप्रसाद पराजुलीका अनुसार हिमपातका कारण अबको केहि दिन नेपाल सामान आयातमा प्रभावित हुने देखिएको छ। चिनियाँ पक्षले दैनिक बिहान ९ कन्टेनर र साँझ २ कन्टेनर गरी दैनिक ९ वटा कन्टेनर मार्फत रसुवागढीसम्म सामान निर्यात गर्दै आएकाे थियो।

मंगलबार बेलुका नै नाकाको सीमा पारी पुगेक ७ कन्टेनरले बुधबार बिहान रसुवागढीसम्म सामान ल्याएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख रामप्रसाद मैनालीले बताए। ‘बुधबार बिहान ७ चिनियाँ कन्टेनरमार्फत सामान आयात भएको छ, बेलुकी दुई कन्टेनर आउने गर्थ्याे, तर बुधबार भने आएन्, चिनिया पक्षले हामीलाई केही जानकारी गराएको छैन,’ उनले भने ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *