पीएम कपलाई टी-२० फर्म्याटमा लैजान क्यानको प्रस्ताव

डिसी नेपाल
१५ पुष २०७८ १६:१४

काठमाडौं।नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई प्रधानमन्त्री कप ९पीएम० एक दिवसीय क्रिकेटलाई टी-२० फर्म्याटमा गर्न प्रस्ताव गरेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा क्यानका म्यानेजर विनोद दासले यसअघि हुँदै आएको ५० ओभरको खेललाई २० ओभरमा झार्न प्रस्ताव गरेको बताएका हुन् ।

हामी ग्लोबल छनोटमा टी-२० खेल खेल्दैछौँ । त्यसलाई सहयोग हुन्छ भनेर एकदिवसीयलाई टी-२० मा लैजान आग्रह गरेका हौँ। उहाँहरू सकारात्मक हुनुहुन्छ ।दासले भने । बर्सेनि आयोजना हुने पीएकपलाई राखेपले आर्थिक सहयोग गर्दै आएको छ । म्यानेजर दासले यो निर्णय चाडै सार्वजनिक हुने समेत बताए ।

बिहीबार नै क्यानले प्रशिक्षण पुबुदु दासानायकेलाई सार्वजनिक गरेको छ । क्यानले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत पुबुदुले ३० खेलाडी ग्लोबल छनोटको लागि सुरुवाती प्रशिक्षणमा बोलाउने र नाम आजै बेलुकी वा भोलि बिहानसम्म सार्वजनिक गरिने बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *