हिमपातले पाथीभरा आउने तीर्थयात्री प्रभावित

डिसी नेपाल
१५ पुष २०७८ १६:२५

काठमाडौं। गत मङ्गबार र बुधबार भएको हिमपातका कारण ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्री प्रभावित भएका छन् । झण्डै एक सय तीर्थयात्री सदरमुकाम फुङ्लिङमा रोकिएका छन् ।

समुद्र सतहदेखि तीन हजार ४०० मिटरको उचाइमा पर्ने पाथीभरा क्षेत्रमा बाक्लो हिमपात भएसँगै पूजापाठ गर्न आउने तीर्थयात्री सदरमुकाममै रोकिएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए । बाक्लो हिउँ जमेकाले तत्काल पग्लिने सम्भावना नरहेको उनले बताए । हिमपातले पाथीभरा जाने पदर्माग पुरिएसँगै पदर्माग खुलाउन समस्या भएको छ ।

पाथीभरा मन्दिरमा पूजापाठ गर्न आज मात्रै दुई तीर्थयात्रीले दुई सहयोगी लिएर गएका छन् । मङ्गलबार हिमपातकैबीच ६० तीर्थयात्रीले पाथीभरा मन्दिरमा पूजापाठ गरेको समितिले जनाएको छ । मौसम खुल्न सकेको छैन । हिमपातसँगै अत्यधिक जाडो बढेको छ । आज ताप्लेजुङको तापक्रम न्यूनतम २ डिग्री सेल्सियस रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *