तमु समुदायको भाषा, संस्कृति सम्वद्र्धन गर्न सरकारले सक्दो सहयोग गर्छः प्रम देउवा

डिसी नेपाल
१५ पुष २०७८ १७:०८

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले तमु समुदायको भाषा, संस्कृति र सभ्यताको संरक्षण एवं सम्बद्र्धन गर्न नेपाल सरकारले सक्दो सहयोग गर्ने बताएका छन् । तमु ल्होसार २०७८ का अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस पर्वले तमू÷गुरुङ समुदायहरू र विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आबद्ध नागरिकबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ गर्न सहयोग पुग्ने उल्लेख गरेका छन् ।

उनले यस पर्वले मुलुकको आर्थिक तथा सामाजिक विकासमा गुरुङ समुदायले पुर्याउँदै आएको योगदानलाई सबैसमक्ष उजागर गर्न र यस समुदायको सभ्यता र संस्कृतिलाई अरू समुदायसमक्ष चिनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । तमु (गुरुङ) समुदायले यस पटकको आफ्नो महान् चाड तमु ल्होसार ‘ल्वों ल्हो’ (गाई वर्ग( वर्षको बिदाइ तथा ‘तो ल्हो’ (बाघ वर्ग)वर्षको स्वागत गरी मनाइरहेका छन् ।

प्रधानमन्त्री देउवाले भने, “नेपाल विभिन्न जातजाति, सम्प्रदाय, भाषाभाषी, धर्म र सांस्कृतिक समूहहरू मिलेर बनेको साझा देश हो । सबै समुदायहरूबीच रहेको सह–अस्तित्व, पारस्परिक सहयोग र सहिष्णुता तथा साझा परम्परागत मौलिक संस्कृति र सभ्यता नेपालीको पहिचान र गौरव हो । यिनै साझा र मौलिक सांस्कृतिक पक्षहरूले अनेकतामा एकताको भावना सिर्जना गर्दै हाम्रो राष्ट्रिय एकता र अखण्डतालाई सुदृढ तुल्याएका छन् ।”

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *