एन्फाको आगामी बैठकमा प्रस्तुत हुने यी हुन् १९ एजेन्डा

डिसी नेपाल
१५ पुष २०७८ १९:०७

काठमाडौं। २२ पुसमा बस्ने अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकमा १९ एजेन्डामा छलफल हुने भएको छ ।

६ केन्द्रीय सदस्यले बैठकको लागि लिखित माग गरेपछि एन्फाले बैठक बस्ने निर्णय गर्दै आज (बिहीबार) सदस्यहरूलाई एजेन्डा पठाएको एन्फा स्रोतले बतायो ।

एन्फाले सदस्यहरूलाई बिहीबार पठाएको एजेन्डामा उल्लेख भएका १९ बुँदाहरू यस्ता छन्ः

१. नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरूलाई पुरस्कृत गर्ने सम्बन्धमा ।
२. राष्ट्रिय टिमको मैत्रीपूर्ण खेल सञ्चालन गर्ने सम्बन्धमा ।
३. सहिद स्मारक ‘ए’, ‘बी’र ‘सी’ डिभिजन लीग प्रतियोगिता सम्बन्धमा ।
४. महिला राष्ट्रिय लिग सम्बन्धमा ।
५. विभिन्न समिति तथा उपसमितिहरूको गठन तथा पुनर्गठन सम्बन्धमा ।
६. आर्थिक तथा कर्मचारी नियमावली संशोधन सम्बन्धमा ।
७. राष्ट्रिय टिम विदेश भ्रमणमा जाँदाको पेस्की सम्बन्धमा र खेलाडीहरू तथा टिममा सहभागी प्रशिक्षक
एवं अफिशियलहरूको सेवा सुविधा सम्बन्धमा ।
८. फिफाद्वारा प्रदान गरिएका आर्थिक निर्देशन तथा अनुसन्धानको सुझावहरू पालना गर्ने सम्बन्धमा ।
९. विभिन्न निर्माण कार्यहरूबाट बाँकी रकम सदुपयोग गर्ने तथा फिँजियो थेरापीको समान खरिद गर्ने
सम्बन्धमा ।
१०. एन.एस.एल.को सम्झौता सम्बन्धमा ।
११. जिल्ला, प्रदेश, एन्फा प्रेसिडेन्ट कप तथा राष्ट्रिय लिग सम्बन्धमा ।
१२. जिल्ला तथा प्रदेश फुटबल संघ लगायत अन्य सदस्य संघहरू (खेलाडी, रेफ्री, प्रशिक्षक तथा
महिला)को निर्वाचन तथा साधारण सभा (कांग्रेस) बैठक सम्बन्धमा ।
१३. संघको नियमित साधारण सभा (एन्फा कांग्रेस) बैठक सम्बन्धमा ।
१४. निर्वाचन निर्देशिका सम्बन्धमा ।
१५. आर्थिक सहयोग तथा औषधि उपचार खर्च सम्बन्धमा ।
१६ं संघले सञ्चालन गर्ने विभिन्न कार्यक्रम, प्रतियोगिता लगायत प्रशिक्षणमा लिने शुल्क सम्बन्धमा ।
१७. संघको विभिन्न कार्यक्रम तथा प्रतियोगिता, सभा, बैठकहरूमा प्रतिनिधित्व गर्दै सहभागी हुने खेलाडी, पदाधिकारी, प्राविधिक, कर्मचारी तथा प्रतिनिधिहरूको दैनिक तथा भ्रमण भत्ता परिमार्जन गर्ने सम्बन्धमा ।
१८. वार्षिक कार्यक्रम तथा बजेट सम्बन्धमा ।
१९. विविध ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *