लुम्बिनी प्रदेशले ४३६ कर्मचारी करारमा माग्यो, कुन जिल्लामा कति ?
काठमाडौं। लुम्बिनी प्रदेश सरकार, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले ठूलो संख्यामा करार सेवामा कर्मचारी भर्ना गर्ने भएको छ।
मन्त्रालयले वार्षिक स्वीकृत कार्यक्रम सञ्चालनका लागि ४३६ कर्मचारी करार सेवामा भर्ना गर्न लागेको हो। त्यसका लागि शुक्रबार दरखास्त आह्वान गरिएको छ। १५ दिनभित्र आवेदन दिन भनिएको छ।
मन्त्रालयले प्रदेशका सबैजसो जिल्लामा नायक प्राविधि सहायक र नायव पशु सेवा प्राविधिकका लागि विज्ञापन आह्वान गरेको हो।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment