सहिद स्मारक ‘ए’ डिभिजन लिगः आज एपीएफका र आर्मी तथा फ्रेण्ड्स र एनआरटी भिड्दै

डिसी नेपाल
१६ पुष २०७८ ९:१९

काठमाडौं।शुक्रबार विभागीय प्रतिद्वन्द्वी एपीएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब भिड्दै गर्दा सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको सातौं चरणकाको सुरुआत हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार हुने पहिलो खेलमा एपीएफ र आर्मी भिड्दै छन् ।

दिउँसो १ बजे सुरु हुने खेलमा एपीएफ जित निकाल्दै रेलिगेशन जोनबाट उम्कन चाहन्छ । आर्मी भने विभागिय प्रतिष्ठाको लडाइँमा दुई विदेशी खेलाडी समावेश गरेको एपीएफलाई हराउदै उपाधी दाबेदारीलाई यथावत राख्न चाहन्छ ।

एपीएफ ६ खेलमा ५ अंक जोडेर ११औँ स्थानमा रहेको छ ।आर्मी ६ खेलमा १० अंक जोडेर चौथो स्थानमा छ । साँझ पौने ५ बजे हुने दोस्रो खेलमा फ्रेन्ड्स क्लबले न्युरोड टिम एनआरटीलाई चुनौती दिनेछ ।

जारी लिगमा पुछारमा रहदै फ्रेन्ड्स रेलिगेशन जोनमा छ । एनआरटीविरुद्ध जित निकाल्दै फ्रेन्ड्स रेलिगेशन क्षेत्रबाट उम्कने दाउमा छ ।एनआरटीसमेत फ्रेन्ड्सविरुद्ब जित निकाल्दै शीर्ष चारको आफ्नो लक्ष्यलाई कायम राख्न चाहन्छ । दुबै टोलीलाई विदेशी खेलाडीको साथ छ ।फ्रेन्ड्स ६ खेलमा ३ अंक जोडेर पुछारमा छ । एनआरटी ६ खेलमा ७ अंक जोडेर आठौं स्थानमा छ । जारी लिगमा मछिन्द्र शीर्ष स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *