घरेलु मैदानमा मनाङको संघर्षपूर्ण जीत, शीर्षमा उक्लियो

डिसी नेपाल
१७ पुष २०७८ १८:१७

पोखरा । मनाङ मर्स्याङ्दी क्लब ब्रिगेड ब्वाइज क्लब (बिबिसी)लाई हराउँदै पुनः लिग तालिकाको शीर्षमा उक्लिएको छ । शनिबार होम ग्राउण्डमा ब्रिगेडविरुद्ध १–० को संघर्षपूर्ण जीत निकालेसँगै १६ अंकसहित मनाङ फेरि शीर्षमा पुगेको हो ।

मछिन्द्रले पुलिसलाई नजिते मनाङ एएफसी कपमा छनोट हुने भएको छ । मनाङ भन्दा एक खेल कम खेलेको मछिन्द्र १४ अंकका साथ दोस्रो स्थानमा छ । छनोटका लागि मछिन्द्र र पुलिसबीचको खेल कुर्नुपर्ने हुन्छ । पुलिसले बराबरीमा रोके मात्रै पनि मनाङ छनोट हुनेछ ।

कप्तान अञ्जन विष्टले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै मनाङलाई जित्न काफी भयो । दुवै टिमले गोल गर्ने उत्कृष्ट मौका पाए पनि सही दिशा दिन सकेनन् ।

१६औं मिनेटमा मनाङका आदित्य चौधरीले ब्रिगेडका शिशिर लेखीलाई फउल गरेपछि पाएको पेनाल्टीलाई शिशिरले सदुपयोग गर्न सकेनन् । शनिबारको खेलमा मनाङका कप्तान अञ्जन विष्ट म्यान अफ दी म्याच र मनाङकै प्रवेश कुँवर इर्मेजिङ प्लेयर घोषित भए । मनाङले आठौं चरणको खेल अर्को शनिबार च्यासल यूथ क्लबसँग पोखरा रंगशालामा नै खेल्ने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *