तारिणीप्रसाद कोइरालाका पुत्र ज्योति कोइरालाको मृत्यु

डिसी नेपाल
१८ पुष २०७८ १३:२६
444
Shares

काठमाडौं। प्रजातान्त्रिक सेनानी तारिणीप्रसाद कोइरालाका पुत्र ज्याेति कोइरालाको गत राति मृत्यु भएको छ। केही समयदेखि क्यान्सर रोगसँग संघर्ष गरिरहेका कोइरालाको आज बिहान पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएकाे छ।

दिवंगत कोइराला नेपाली कांग्रेस संस्थापक विपी कोइरालाका सहोदर भतिज हुन्। कृष्णप्रसाद कोइरालाका ५ छोराहरुमध्ये तारिणीप्रसाद काँइला छोरा हुन्।

अन्त्यष्टिमा कोइराला परिवारका प्रकाश कोइराला,कमल कोइराला,डा.शेखर कोइराला,डा.शशांक कोइराला,मनिषा कोइराला,नेता रामचन्द्र पौडेल लगाएत कांग्रेस नेताहरुको उपस्थिति रहेको शेखर कोइरालाका स्वकिय सचिव दिनेश थपलियाले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *