दलितलाई केन्द्रीय सदस्यमा सात प्रतिशत छुट्याएपछि विरोधमा प्रचण्डलाई ज्ञापनपत्र
काठमाडौं। नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा ऐन र पार्टी विधानविपरीत दलितलाई केन्द्रीय सदस्य दिने भएपछि विरोधमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाइएको छ।
दलितलाई केन्द्रीय सदस्यमा सात प्रतिशतलाई मात्रै दिएपछि असन्तुष्टि पक्षले अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो। निर्वाचन ऐनले १५ र पार्टी विधानले पनि १५ प्रतिशतलाई केन्द्रीय सदस्यल बनाउनुपर्ने व्यवस्थाविपरीत सात प्रतिशत दिने भनिएपछि केन्द्रीय सदस्यहरू परशुराम रम्तेल र दलजित श्रीपाइले १५ प्रतिशत नै सुनिश्चित गर्न माग गर्दै अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाएका हुन् ।
अहिले माओवादी केन्द्रको स्थायी समितिको बैठक बसिरहेको छ । अघिल्लो आइतबारबाट सुरु भएको आठौं महाधिवेशनले १५ पदाधिकारीसहित २९९ केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment