आक्रोशको निसानामा प्रचण्ड

डिसी नेपाल
१९ पुष २०७८ ६:४०

काठमाडौं। नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनले पुनः पुष्पकमल दाहाल प्रचण्डलाई नै अध्यक्ष बनाएको छ। लामो समयसम्म चलेको महाधिवेशनले प्रचण्ड सुध्रने कि कार्यकर्ता सुध्रेन भन्ने प्रश्नको उत्तर भन्ने भेट्न सकेन।

प्रचण्डले बन्द सत्रमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा सहभागी नेता कार्यकर्ताले प्रचण्डका सबै व्यवाहारमा सुधार हुनुपर्ने, राजनीतिक सैद्धान्तिक रुपमा सर्वहारा वर्गको प्रतिनिधित्व हुनुपर्ने आवाज जोडदार रुपमा उठाएका थिए ।

२५ वटा समूहमा रहेका नेताहरुले मूल नेतृत्व नै दक्षिणपन्थी भासमा भासिएको आवाज उठाएका थिए । उनीहरुले सो आवाज उठाइरहँदा प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा भने कार्यकर्ताहरु सुविधाभोगी भएको जनतामा नगएको, नेतामुखी हुन खोजेको आशय उल्लेख थियो ।

तर कार्यकर्ताहरुले भने मुल नेतृत्व नै सुविधाभोगी भएको भन्दै आलोचना ग¥यो । प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन शुक्रबार पास गर्नुअघि प्रचण्डले कार्यकर्तालाई सुधार गर्ने कि कार्यकर्ताले प्रचण्डमा आएको बदलाबलाई सुधार गर्ने भन्ने रस्साकस्सी चलिरह्यो ।

अन्ततः प्रचण्डले केन्द्रीय सदस्यहरु राजधानीमा बस्न नपाउने जिल्ला जानुपर्ने धारणा राखे भने समूहगत नेताहरुले मूल नेतृत्व सामान्तवादको नाइकेसँग घुलमिल हुन नहुने, दक्षिणपन्थी नेताहरुको उठबस कम गनपर्नु , पर्ने जनवादी चरित्र र स्वभाव भएकालार्ई ‘घरको मूल गेटमै रोक्नुपर्ने, दलाल पूँजीवादीहरुको संरक्षण गर्न नहुने तथा मूल नेतृवको जीवनशैलीमा परिवर्तन गर्नु पर्ने भन्दैै राजनीतिक प्रतिवेदन पास गराए ।

कार्यकर्ताहरुले प्रचण्डको २८ पेजमा उल्लेख भएको एउटा वाक्यांशमाथि पनि कडा ं प्रहार गरेका छन् । ‘मुखले संविधान बनाउने र मनले विद्रोह गर्ने सोच्दा कुरा निकै अवस्तवादी थियो’ भन्ने वाक्यांशमा प्रचण्डकोे ढुलमुले स्वाभाव देखिएकाले यस्तो हुँदा एमालेसँगको पार्टी एकीकरण पनि हतारमा भएको निष्कर्ष निकालिएको थियो । बन्दसत्रको हलमा नेताहरू राम कार्कीले पूरक प्रस्ताव प्रस्तुत गरे भने लेखनाथ न्यौपानेले प्रचण्डलाई कडा दबाबम राख्नका लागि फरक प्रस्ताव राखेका थिए।

स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले प्रचण्डलाई्र लिखित सुझाव दिएका थिए। बन्दसत्रकै हलबाट प्रचण्डले पूरक प्रस्ताव र सुझावलाई ग्रहण गरिसकेको र न्यौपानेको प्रस्तावलाई छलफलमा लैजाने पतिबद्धता जनाएका थिए । २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका प्रचण्डले ठेकेदार शारदा अधिकारीको घरबाट डेरा सर्ने कुरा पनि सुनाएका थिए । ठेकेदारको घरमा डेरा बसेको भन्दै पार्टीभित्र र बाहिर प्रचण्डको कडा आलोचना भएको छ ।

सो विषयले महाधिवेशनको बन्दसत्रमा प्रवेश पाएको थियो । बन्द सत्रमै प्रचण्डले अधिकारी पार्टीको पूरानो कार्यकर्ता भएको, पञ्चायतकाल दखिने सेल्टर लिएर बस्ने ठाउँँ भएकाले त्यहाँ बसिएको स्पष्टीकरण दिएका थिए । कार्यकर्ताहरुले अध्यक्ष प्रचण्डको जीवनशैलीबारे पनि प्रश्न गर्दै डेरा सर्नुपर्ने र कायकर्ताले उनका लागि आवासको व्यवस्था गर्नुपर्ने बताएका थिए । बन्द सत्रमा प्रचण्डकोे धेरै आलोचना हुन थालेपछि सहभागी प्रतिनीतिहरुलाई मोबाइलबाट तस्वीर खिच्न र भिडियो खिच्न तथा कुराकानी गर्नसमेत रोक लगाइएको थियो । जनभावना साप्ताहिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *