माओवादीकाे नवनिर्वाचित केन्द्रीय कमिटीकाे पहिलाे बैठक आज
काठमाडौं। नेकपा (माओवादी केन्द्र) नवनिर्वाचित केन्द्रीय कमिटीकाे पहिलाे बैठक आज साेमबार बस्ने भएको छ । बैठक अपराह्न ३ बजे हेरिटेज प्लाजा सानेपामा बस्ने माओवादी केन्द्रले जनाएको छ।
माओवादीकाे आठाैँ महाधिवेशनले केन्द्रीय कमिटी घाेषणा गरिसकेकाे छ। अब बैठकले पदाधिकारीको चयन गर्ने जनाइएको छ। आठौंँ महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए जसलाई हलले पास गरेको थियो । त्यसपछि निर्वाचन समितिले महाधिवेशनबाट निर्वाचित भएको घोषणा गरेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment