नयाँ वर्ष मनाउनका लागि ८७४ वटा कारहरु जलाइयो

डिसी नेपाल
१९ पुष २०७८ ११:४५
108
Shares

काठमाडौं । फ्रान्समा नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा यस पटक ८७४ वटा कारहरु जलाइएका छन् । यहाँ हरेक वर्ष नयाँ वर्षको अवसरमा कारहरु जलाइन्छन् । यस वर्ष जलाइएका कारहरुको संख्या निकै कम रह्यो । फ्रान्सका आन्तरिक मामिला मन्त्री गेराल्ड डारमेनिनका अनुसार २०१९ मा कूल १३१६ गाडीहरु जलाइएका थिए ।

सीएनएनमा प्रकाशित एक रिपोर्टका अनुसार डारमेनिनले कोरोनाका कारण लगाइएका प्रतिबन्धका कारण पुलिसको उपस्थिति धेरै ठाउँमा भएकोले कार जलाएका घटना कम भएको बताए । २०२० मा लकडाउन थियो त्यसैले गत वर्ष कति कार जलाइए भन्ने यकिन संख्या थाहा छैन । प्रत्युक वर्ष नयाँ वर्षका अवसरमा फ्रान्समा बिग्रिएका, दुर्घटनाग्रस्त वा बीमा सम्बन्धी समस्या भएका गाडीहरु जलाइन्छन् ।

२०१९ को तुलनामा यस वर्ष धेरै कम कारहरु जलाइए तर पुलिसले सोधपुछमा लागि भने यसपटक धेरै मानिसहरुलाई बोलाएको छ । पुलिसले २०१९ मा ३७६ जनालाई सोधपुछका लागि बोलाएको थियो । यस वर्ष ४४१ जनालाई सोधपुछका लागि बोलाएको छ । फ्रान्समा २००५ मा भएका दंगापछि यहाँका सहरमा कार जलाउनु एक वार्षिक परम्परा जस्तै भएको छ । २००५ मा त्यहाँ ८८१० गाडी जलाइएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *