एकदिवसीय पछि भारतको टेस्ट टिमको पनि कप्तान बने केएल राहुल

डिसी नेपाल
१९ पुष २०७८ १३:५९

काठमाडौं। दक्षिण अफ्रिकाविरुद्ध एकदिवसीय सिरिजको लागि रोहित शर्मा फिट नभएपछि उनको स्थानमा टिमको कप्तान नियुक्त भएका केएल राहुलले टेस्ट टिमको पनि कप्तानी पाएका छन् । सोमबारदेखि सुरु भएको दोस्रो टेस्टमा भारतीय टेस्ट टिमका नियमित कप्तान विराट कोहली फिट नभएपछि टिमबाट बाहिरिएका छन् र उनको स्थानमा केएल राहुलले कप्तानी पाएका छन् ।

आज टसका बेला राहुलले कोहली चोटग्रस्त भएकोले उनलाई आराम दिइएको बताए । उनले कोहली अर्को टेस्टसम्म फिट हुन सक्ने बताए । कोहलीको लागि यो खेल विशेष थियो किनकि यो उनको ९९ औं टेस्ट थियो । कोहली यो टेस्ट खेल्न सकेको भए यो सिरिजको अन्तिम टेस्ट उनको करिअरको १०० औं टेस्ट हुन्थ्यो । कोहली फिट नभएपछि उनको स्थानमा हनुमा बिहारी खेलिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *