फुटसल क्याम्पको लागि ३२ खेलाडी छनोट
काठमाडौं।अखिल नेपाल फटबल संघ (एन्फा)ले राष्ट्रिय फुटसल टिमका लागि ३२ खेलाडी प्रारम्भिक छनोटमा बोलाएको छ । सोमबार एन्फाले प्रशिक्षक गौरव बस्नेतमार्फत पोखरामा भएको राष्ट्रिय फुटसलबाट ३२ खेलाडीलाई सुरुवाती छनोटमा आमन्त्रण गरेको हो ।
एन्फाले पहिलो पटक गौरवलाई फुटसल टोलीको जिम्मेवारी दिएको हो । यसअघि उनले विष्णु गुरुङको एसिस्टेनको रुपमा काम गरेका थिए ।नेपालले १-१५ अप्रिलसम्म कीर्गिस्तानमा हुने एएफसी फुटसल एसियन कप छनोटमा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको तालिका र खेल्ने टोली भने तय भएको छैन । नेपाली टोलीको क्याम्प शुक्रबारबाट हुनेछ ।
३२ खेलाडी
गोलरक्षकः अनिश श्रेष्ठ, विश्वास पौडेल, लक्ष्मण थापा, सचिन श्रेष्ठ, सञ्जिव तामाङ, सुमितकुमार आले
फिक्सोः अरुज सिंह, विजय श्रेष्ठ, विकु तामाङ, सरोज तामाङ
पिभोटः अविनाश तामाङ, विक्रान्त नरसिंह राना, धिरज जोशी, हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ, मिलन राई, प्रवेश जोशी, रिवोस मास्के, सुसन श्रेष्ठ,
आलाः आदिल हमिद, अमित लामा, जेनिश प्रजापति, किरन चौधरी, कृजल खड्का, मनीकुमार लामा, मनोज गुरुङ, रञ्जित गुरुङ, रोशन छन्त्याल, सुमित श्रेष्ठ, सुरज गुरुङ, उर्कन शेर्पा
No ads found for this position

डिसी नेपाल
Facebook Comment