एमाले सिन्धुलीकाे अधिवेशन, अध्यक्षमा को-को छन् आकांक्षी ?
सिन्धुली। नेकपा (एमाले) को नवौँ जिल्ला अधिवेशन २३ पुसमा तय भएपछि सिन्धुलीमा चुनावको सरगर्मी बढेको छ। नेतृत्वका लागि नेताहरु आन्तरिक तयारीमा जुटेका छन्। जिल्ला अध्यक्षमा विनोदकुमार खड्का, प्रदीप कटुवाल, केशवप्रसाद देवकोटा, कुमारबहादुर कार्की ‘रामकुमार’ र कौशल कोइराला आकांक्षी छन्।
खड्कासिन्धुली क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’ बाट बागमती प्रदेश सभा सदस्य हुन्। उनी नेतृत्व परिवर्तन र पुस्तान्तरणको नारा लिएर अघि बढेका छन्। कटुवाल यसअघि नै जिल्ला अध्यक्ष बनिसकेका छन् ।सिन्धुली क्षेत्र १ प्रदेशसभा ‘ख‘ मा बागमती प्रदेशसभा सदस्यमा निर्वाचित उनी २०७० मा एमाले को साताैँ जिल्ला अधिवेशनबाट अध्यक्ष बनेका थिए।
देवकोटा पनि पूर्वजिल्ला अध्यक्ष हुन्। कार्कीसँग भूमि समस्या समाधान आयोग जिल्ला अध्यक्षकाे अनुभव छ । कोइराला सातौँ जिल्ला अधिवेशनमा अध्यक्षमा पराजित भएका थिए ।
७८ वडामा प्रतिनिधि छनाेट
अधिवेशनका लागि सिन्धुलीका ७८ वडाबाट प्रतिनिधि छनोट भएका छन् । जिल्लाको ७९ वडामध्ये ७८ वडाबाट प्रतिनिधि छनोट भइसकेको कमलामाई नगर कमिटी इन्चार्ज महेन्द्रदेव श्रेष्ठले जानकारी दिए । उनका अनुसार दुधौली नगरपालिका २ मा भने प्रतिनिधि छनोट हुन बाँकी छ।
तिनपाटन गाउँपालिकाबाट ७९, हरिहरपुरगढीबाट ४३, गोलन्जोरबाट ४७, फिक्कलबाट ३८, सुनकोशीबाट ६२, घ्याङ्लेखबाट २२ र मरिणबाट ३७ प्रतिनिधि चयन भएका छन्।
त्यस्तै, कमलामाई नगरपालिका र दुधौलीबाट १४३- १४३ जना र २१ वटा जनसंगठनबाट १ सय ५९ प्रतिनिधि छनोट भएको श्रेष्ठले बताए । वडाबाट छुट भएका तथा समेट्न नसकिएका पाँच प्रतिशत प्रतिनिधि जिल्लाले मनोनयन गर्नेछ। अधिवेशनमा ९ सय ६ प्रतिनिधि सहभागी हुने छन्।







डिसी नेपाल







Facebook Comment