चीनले गलवान उपत्यकामा आफ्नो झण्डा फहरायो, भारतमा राजनीतिक हलचल
काठमाडौं। २०२० को जून महिनामा भारतीय र चिनियाँ सैनिकबीच हिंस्रक झडप भएको गलवान उपत्यकामा चीनले नयाँ वर्षको अवसरमा आफ्नो झण्डा फहराएको छ । यो घटनाको भिडियो सार्वजनिक भएपछि भारतमा राजनीतिक हलचल बढेको छ । ओपन सोर्स स्याटेलाइट इमेज र गुगल अर्थका साथै यो क्षेत्रको म्यापिङ एनालिसिसमा खुलासा भए अनुसार यो स्थान पट्रोल प्वाइन्ट १४ बाट करिब १.४ किलोमिटरको दूरीमा छ ।
पट्रोल प्वाइन्ट १४ त्यही स्थान हो जहाँ २०२० को जून १५ मा भारतीय र चिनियाँ सैनिकबीच हिंस्रक झडप भएको थियो । यो झडपमा २० जना भारतीय सैनिक मारिएको भारत सरकारले आधिकारिक वक्तव्यमा जानकारी दिएको थियो । चीनले आधिकारिक रुपमा आफ्ना ५ जना सैनिक मारिएको बताएको छ तर भारत, अमेरिकी इन्टेलिजेन्स लगायतले भने अझै धेरै मारिएको बताएका छन् ।
अहिले चीनले झण्डा फहराएको क्षेत्रलाई लिएर भारतले चीन लगातार अगाडि बढिरहेको आरोप लगाउने गरेको छ । यो लामो समयदेखि चलिआएको विवाद हो । चीनले झण्डा फहराएको भिडियो सामाजिक संजालमा आक्रामक सन्देशका साथ पोस्ट गरिएका छन् । सामाजिक संजालमा गरिएका भिडियोले राजनैतिक बहस तीब्र भएको छ । गलवानमा भारतको यथास्थितिप्रति भारतभित्रै चर्को प्रश्न उठेका छन् । कांग्रेस नेता राहुल गान्धीले यस विषयमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग जवाफ मागेका छन् ।







डिसी नेपाल







Facebook Comment