तीन जनामा कोभिड देखिएपछि चीनको युझोउ सहरमा कर्फ्यू

डिसी नेपाल
२० पुष २०७८ ११:२३

बेइजिङ। चीनको युझोउ सहरमा कर्फ्यू घोषणा गरिएको छ। ३ जनामा कोभिड संक्रमण देखिएपछि हेनान प्रान्तको युझोउ सहरमा कर्फ्यू लगाइएको हो । १२ लाख जनसंख्या भएको सहरका सबै नागरिकहरुलाई घरभित्रै बस्न भनिएको छ।

यसअघि सो सहरमा केही दिनअघि बस तथा ट्याक्सी सेवा बन्द गरिएको थियो । त्यस्तै सहरका सपिङ मल, म्युजियम र पर्यटकीय आकर्षणका क्षेत्रहरु पनि बन्द गरिएका थिए।

चीनमा मंगलबार थप १७५ जनामा कोभिड देखिएको छ। तीमध्ये पाँच जना हेनान प्रान्तका छन्। युरोप र अन्य देशहरुको तुलनामा चीनमा कोभिड संक्रमितको संख्या थोरै भए पनि पछिल्ला दिनहरुमा फैलिएको संक्रमण दरले खतराको घन्टी बजेको विज्ञहरुले बताएका छन्।

अगामी एक महिनापछि चीनमा हिउँदे ओलम्पिक आयोजना हुँदैछ । ओलम्पिक अगाडि संक्रमण दरलाई शून्यमा झार्ने चीन सरकारको तयारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *