भारतमा मोदीलाई कालो झन्डा देखाउने कांग्रेस नेतालाई गोली हानियो

डिसी नेपाल
२० पुष २०७८ ११:५२
2.0k
Shares

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झन्डा देखाउने कांग्रेसकी एक महिला नेतामाथि गोली प्रहार भएको छ । रिता यादव नाम गरेकी महिलाले उत्तर प्रदेशको सुल्तानपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीलाई कालो झन्डा देखाएकी थिइन् । यादव कांग्रेस आइकी स्थानीय नेता हुन् ।

१६ डिसेम्वरमा मोदीले पूर्वाञ्चल एक्सप्रेस वे उद्घाटन गर्ने क्रममा यादवले कालो झन्डा देखाएकी थिइन् । झन्डा देखाएको आरोपमा उनलाई सोमबार एउटा अज्ञात समूहले गोली हानेको थियो । गम्भीर घाइते भएकी उनको सुल्तानपुर जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

निजी कारमा लाम्भुवा क्षेत्रमा जाने क्रममा तीन जनाले उनलाई गोली हानेका थिए । सुरुमा आक्रमणकारीले दुर्व्यवहारपछि उनलाई मार्ने धम्की दिएका थिए । सो समूहका एक जनाले उनको गाडीका चालकको निधारमा बन्दुक तेर्साएका थिए ।

उनले गालामा एक झापड हानेपछि आक्रमणकारीले गोली हानेर भागेका थिए । यादव केही महिना अगाडि मात्र भारतीय कंग्रेसमा प्रवेश गरेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *