अमेरिकामा एकै दिन १० लाख ८० हजार कोभिड संक्रमित, विश्वभर संक्रमितकाे संख्या २९ करोड ५३ लाख बढी
Coronavirus on scientific background
न्युयोर्क। अमेरिकामा एकै दिन १० लाख भन्दा बढी कोभिड संक्रमित थपिएका छन्। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण फैलिएसँगै कोभिड संक्रमित बढेका हुन्। सोमबार एकै दिन १० लाख ८० हजार संक्रमित थपिएको जोन्स हप्किन्स युनिभर्सिटीले जनाएको छ।
युनिभर्सिटीका अनुसार संक्रमितमध्ये अधिकांशमा ओमिक्रोन भेरियन्ट देखिएको छ। संक्रमण फैलिए पनि अमेरिकामा विद्यालय, कलकारखाना र कार्यलय पहिलाजस्तै सञ्चालनमा छन्। पछिल्ला दिनमा कोभिडका कारण अस्पताल भर्ना हुनेको संख्या भने केही बढेको छ। याेसँगै विश्वभर कोरोना संक्रमितको कूल संख्या साढे २९ करोड नाघेको छ।
ओल्डोमिटरकाअनुसार पछिल्लो २४ घण्टामा २० लाख ५३ हजारभन्दा धेरै संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २९ करोड ५३ लाख १४ हजार नाघेको हो।
आज थपिएको संख्या अहिलेसम्मकै सर्वाधिक हो । पछिल्लो केही सातायता युरोपमा कोरोना संक्रमण उच्च बिन्दुमा पुगेको हो। थपिनेमध्ये अमेरिकामा मात्रै ५ लाख ४३ हजार ५०० जनामा संक्रमण पुष्टि भएको छ।
यसैगरी फ्रान्समा २ लाख ७१ हजार, बेलायतमा २ लाख १८ हजार, इटलीमा एक लखा ७० हजार, स्पेनमा एक लाख १७ हजार भेटिएका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment