दिल्लीमा एकै दिन ५८ हजार जनामा कोभिड संक्रमण
नयाँ दिल्ली। भारतमा कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ। पछिल्लो २४ घन्टामा भारतमा ५८ हजार ९७ जनामा कोभिड देखिएको छ। यो अघिल्लो दिनको तुलनामा ५५ प्रतिशतले बढी हो।
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनसँगै देशमा संक्रमितको संख्या पनि तीव्र बढिरहेको छ। संक्रमण बढेपछि विभिन्न राज्यमा कर्फ्यूलगायतका प्रतिबन्धात्मक व्यवस्था लागू गरिएका छन्।
भारतमा दुई हजार १३५ जनामा ओमिक्रोन संक्रमण देखिएको छ। संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्रका छन्। महाराष्ट्रमा ६५३ जनामा नयाँ भेरियन्ट देखिएको छ। महाराष्ट्रपछि दिल्लीमा नयाा भेरियन्टका संक्रमित बढेका छन्। बुधबारसम्म दिल्लीमा ४६४ जनामा ओमिक्रोन देखिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment