पाकिस्तानमा बबाल मच्चिएको फैसला पुनरावलोकन गर्न सर्वोच्च अदालतद्वारा अस्वीकार
काठमाडौं। पाकिस्तानको सर्वोच्च अदालतले कराचीको तारिक रोडमा रहेको मदिना मस्जिदलाई भत्काउन दिइएको आदेशलाई समीक्षा गर्नको लागि दायर गरिएको रिट निवेदन खारेज गरिदिएको छ । पाकिस्तानी समाचार च्यानल जियो न्यूजका अनुसार मस्जिद प्रशासनले एक रिट निवेदन दायर गर्दै २८ डिसेम्बरमा सर्वोच्च अदालतले दिएको आदेश पुनरावलोकन गर्न माग गरेको थियो ।
२८ डिसेम्बरमा सर्वोच्च अदालतले कराचीमा पार्कको लागि छुट्याइएको जमिनमा बनेको मस्जिद भत्काउन आदेश दिएको थियो । मस्जिद प्रशासनले भने पूर्वी जिल्ला नगर निगमले मस्जिद खाली गराउन एउटा नोटिस जारी गरेको तर नगर निगमसँग जमिनको स्वामित्व नभएकोले निगमले यसरी नोटिस जारी गर्ने अधिकार नभएको तर्क गरेको थियो ।
‘जमिन हाउजिङ सोसाइटीको तर्फबाट छुट्याइएको थियो र कानुन अनुसार मस्जिदको निर्माण सोसाइटीको अनुमति पति मात्रै गरिएको थियो’ रिटमा भनिएको छ । रिटमा १९९४ मा मस्जिद निर्माणका लागि सबै कानुनी औपचारिकता पूरा गरिएको दावी गरिएको छ ।
सर्वोच्च अदालतले २८ डिसेम्बरमा सम्बन्धित अधिकारीहरुलाई मस्जिद भएको ठाउँमा एक हप्ताभित्र पार्क बनाउन आदेश दिएको थियो । फैसला पाकिस्तानका प्रधानन्यायाधीश गुलजार अहमदको अध्यक्षतामा बसेको बेन्चले गरेको थियो । अहिले पुनरावलोकनको रिटमा सुनुवाइपछि प्रधानन्यायाधीशले सिन्ध सरकारले मस्जिदको लागि अर्को ठाउँ उपलब्ध गराउन सक्ने बताए ।
मदिना मस्जिद भत्काउने आदेशपछि पाकिस्तानमा बबाल मच्चिएको छ । यहाँका इस्लामिक नेता भड्किएका छन् । जमियत उलेमा ए यस्लाम फज्लका महासचिव राशीद महमुद सुमरोले बुधबार प्रधानन्यायाधीश गुलजार अहमद र सिन्धका मुख्यमन्त्री सैयद मुराद अली शाहलाई मस्जिद भत्काएर देखाउन चुनौती दिएका थिए ।
२९ डिसेम्बरमा राहीद महमुदले प्रधानमन्त्री इमरान खान र प्रधानन्यायाधीश अहमदलाई सम्बोधित गर्दै भनेका थिए ‘‘वजीर ए आजम ९प्रधानमन्त्री० साहब मस्जिद लावारिस छैन । चीफ जस्टिस साहब मस्जिद लावारिस छैन । के यसलाई नै मदिनाको रियासत भनिन्छ रु मन्दिर त सुरक्षित छन् तर मस्जिदलाई भत्काउने आदेश सर्वोच्च अदालतले दिन्छ । म आज चुनौती दिन्छु कि कराचीमा कसैमा हिम्मत छैन कि उसले कुनै मस्जिदलाई हात लगाएर देखाओस् । जबसम्म हामी जिउँदै छौं कुनै पनि मस्जिदको एउटा इँटा पनि खस्न दिँदैनौं ।’







डिसी नेपाल







Facebook Comment