भारतमा एकैदिन ९० हजारभन्दा बढी संक्रमित, ३२५ जनाको मृत्यु

डिसी नेपाल
२२ पुष २०७८ ११:५९

काठमाडौं। भारतमा कोरोनाभाइरस संक्रमणका केसमा १ दिनमा ३० हजारभन्दा धेरैको वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका ९० हजार ९२८ केस भेटिएका छन् । ३२५ जनाको मृत्यु भएको छ । यसअघि मंगलबार भारतमा ५८ हजार ९७ केस भेटिएका थिए । यो २४ घण्टामा १९ हजार २०६ जना निको भएका छन् ।

यससँगै भारतमा पोजेटिभिटी दर ६.४३ प्रतिशत पुगेको छ । सक्रिय संक्रमितको संख्या २ लाख ८५ हजारभन्दा बढी छ । कोरोना संक्रमणका कूल केस भारतमा ३ करोड ५० लाखभन्दा धेरै भइसकेको छ । यहाँ खोप अभियान पनि चलिरहेको छ । पछिल्लो २४ घण्टामा ९१ लाख मानिसहरुलाई खोप दिइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *