धेरै पैसा कमाउनका लागि धेरै पाद्न खोज्दा अस्पताल भर्ना, आफ्नो पाद बेचेर पैसा कमाउँथिन्

डिसी नेपाल
२२ पुष २०७८ १६:५३

काठमाडौं। आफ्नो पाद बेचेर करोडौं रुपैयाँ कमाएको दावी गर्ने अमेरिकी रियालिटी टिभी स्टार स्टेफनी मट्टो एक पटक फेरि चर्चामा छिन् । मट्टोले अनलाइन पाद बेच्ने व्यवसाय बन्द गर्नु परेको छ किनकि धेरै पाद्दा उनको स्वास्थ्यमा गम्भीर असर परेको छ । एक पटक त उनलाई अस्पतालमा भर्ना समेत गर्नु परेको छ ।

३१ वर्षकी स्टेफनी पूर्व रियालिटी स्टार हुन् । उनी अमेरिकी रियालिटी हो ‘९० डे फियोन्से’बाट चर्चामा आएकी थिइन् । विगत केही समयदेखि उनले अनलाइनबाट पाद बेचिरहेकी थिइन् । हामीलाई यो सुन्दा अचम्म लागे पनि उनले भने यसरी पाद बेचेर मोटो रकम कमाइ गरिरहेको बताएकी थिइन् ।

डेलीमेलको एक रिपोर्टअनुसार स्टेफनीले स्वयंले आफ्नो पाद बेच्ने व्यवसाय बन्द गर्ने घोषणा गरेकी छिन् । उनका अनुसार प्रतिकूल डाइट र अत्याधिक पादले उनको स्वास्थ्य बिग्रियो र उनलाई अस्पताल भर्ना हुनुपर्यो । स्टेफनीका अनुसार उनलाई छातीमा तीब्र पीडा भयो त्यसपछि उनले आफूलाई अस्पतालको आकस्मिक कक्षमा पाइन् ।

स्टेफनीका अनुसार त्यतिबेला उनलाई हृदयाघात वा स्ट्रोक भएको भन्ने लागेको थियो । तर, डाक्टरहरुले जाँचपछि यो ग्यास अर्थात पाद सम्बन्धी समस्या भएको बताए । उनले धेरै पाद्नको लागि गेडागुडी, अण्डा र केरा प्रोटिन शेक लगातार सेवन गर्दा पेटमा अधिक ग्यास बनिरहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *