कविता : राजनीतिमा हराएका मेरा बा
बा कसकाे बा
राजनेता कसकाे राजनेता
मखुको बाहरु देखिएका छन्
बा प्रवत्तिृत्ति नेदेखि नेगरी बा बनिरहेको छन् कोही
मेरा बा आमाले चिनाइदिएकी छिन्
पाल्दैपोस्तै मलाई हुर्काउने मेरा बा छन्
सघंर्ष गर्न सिकाउने डिएनए मिलेका मेरा बा छन्
बा बा नभने बापत राजनीति शास्त्रमा उदण्डित छ
दाइ दाइ भनि पछि नलागे बापत त्यो धरापमा छ
स्वघोषित राजनेताहरुको झुण्ड झुण्डमा बा ब्यूतेका छन्
भिडले आफ्नो जन्म दिने बाउ चिन्न छोडेछ
पराेहित समस्या देखाई रहेका छन्
पिण्ड दान गर्न बसेको छोरालाई सोधेका छन्
पिण्ड कसलाई पिण्ड कसलाई
उ भौतिक उ अभौतिक अलमलमा
मरेको राजालाई पिण्ड दिने बाजेको नाती उ
मरेको राजालाई पनि नदिने
राजनीति शास्त्रका बा उनकै सन्ततिका बा
म छोरो छोरी मेरै जन्मदिने बाका
उसले पराेहितकाे कान फुटने गरी करायो
म मेरा बाको लागि न्यानो कम्बल किनेर घर फर्कँदैछु
मेरा बा मेरा राजनेता मेरी आमा मेरो पृथ्वी।
No ads found for this position

डिसी नेपाल
Facebook Comment